सिवाई-बेल्हा जोड्ने भाँचिएको पुल नबनाए मन्त्रालयमै धर्ना दिने उदयपुरका जनप्रतिनिधिको चेतावनी
१९ पुस, काठमाडौं । उदयपुरका जनप्रतिनिधिसहितको टोलीले चौदण्डीगढी-५ स्थित सिवाई-बेल्हा जोड्न भाँचिएको पुलको निर्माण कार्य सुरू नगरे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै धर्ना दिने चेतानवी दिएका छन् । बुधबार स्थानीय जनप्रतिनिधिसहित स्थानीय सरोकारवालाहरू हस्ताक्षरसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाउँदै तत्काल भाँचिएको पुल निर्माण कार्य सुरू नगरे धर्ना दिने चेतावनी दिएका हुन् । […]











