२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

प्रिमनसुन अवधि सुरु, काठमाडौंमा वर्षा

२० फागुन, काठमाडौं । यस वर्षको प्रिमनसुन अवधि सुरु भएपछि पहिलोपटक आज काठमाडौंमा बदलीसहित वर्षा भएको छ । काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । प्रिमनसुन अवधिमा स्थानीयस्तरमा प्रणाली विकास भई वर्षा हुने गर्दछ । यसै अवधिमा चट्याङ पनि पर्दछ । यस वर्ष गत मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि हिउँदको थियो । […]

खेलकुद समाचार समाज

नेदरल्यान्ड्स र नामिबियाबीचको खेल वर्षाको कारण रोकियो

२० फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाको कारण रोकिएको छ । लिगको अन्तिम खेलमा टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको छ । अहिले मेघ गर्जनसहित वर्षा भएको छ । मैदानमा कभर ढाकिएको छ […]

अर्थ समाचार समाज

जगदुल्ला जलविद्युत् आयोजना : यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

२० फागुन, काठमाडौँ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ । कुनै एउटा परियोजना कुन हदसम्म महत्त्वपूर्ण हुन्छ भन्ने उदाहरणसमेत बन्न लागेको छ कर्णाली प्रदेशका लागि जगदुल्ला । प्राकृतिक साधन र स्रोतले […]

राजनीति समाचार समाज

राष्ट्रिय सभाका २० सदस्यको आज बिदाइ, नयाँलाई स्वागत

२० फागुन, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि आज सकिएको छ । रिक्त २० मध्ये १९ जना सदस्य गत माघ ११ मा सम्पन्न निर्वाचनबाट चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् । आज कार्यकाल सकिएकाहरुको विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत हुँदै छ । विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मुख्यसचिव बैकुण्ठ अर्याल अख्तियारको उच्च निगरानीमा

२० फागुन, काठमाडौं । चारवटा फरक भ्रष्टाचार प्रकरणमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई उच्च निगरानीमा राखेको छ । निजामती कर्मचारीहरुको अभिभावकको भूमिकामा रहेको व्यक्तिलाई भ्रष्टाचार मुद्दा लैजाँदा गलत सन्देश जाने भन्दै आइतबारसम्ममा आफ्नो भूमिकावारे सोच्न अख्तियारले मुख्यसचिव अर्याललाई सुझाव दिएको उच्च स्रोतले बतायो । ‘बहालवाला मुख्यसचिवलाई नै भ्रष्टाचार मुद्दा लैजाँदा गलत […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

त्रिकोणात्मक टी-२० शृङ्खला : फाइनल प्रवेशका लागि नामिबिया र नेदरल्याण्ड भिड्दै

२० फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुँदैछ । खेल बहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ । आजको खेलले फाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ । फाइनल प्रवेश गर्ने टालीले नेपालसँग खेल्नेछ । नेदरल्याण्ड ३ खेलमा एकमा हार र दुईमा जितसहित चार […]

अर्थ मुख्‍य समाचार

आइ स्मार्टको क्यूआरबाट पनि अब क्रस बोर्डर व्यवसायिक भुक्तानी लिन सकिने

१९ फागुन, काठमाडौं । सहकारीहरुको लागि मोबाईल बैंकिङ सफ्टवेयर प्रदान गर्दै आएको देवन सफ्ट प्रा लि (आई स्मार्ट) ले फोनपे नेटवर्कसँगको सहकार्यमा क्रस बोर्डर व्यवसायिक भुक्तानी सेवा सुरु गरेको छ । सहकारी क्यूआर मर्चेन्ट व्यापारीहरूको सहजताको लागि फोनपेको सहकार्यमा क्रस बोर्डर भुक्तानी नेपालमा पनि सुरु भएको छ! यस सेवा अन्तर्गत पहिलो चरणमा सहकारी क्यूआर भुक्तानी […]

खेलकुद मुख्‍य समाचार

नेपाल-पाकिस्तानमैत्री टि-२० क्रिकेट सुरु

१९ फागुन, काठमाडौँ। यहाँस्थित पाकिस्तानी राजदूतावासले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आजदेखि धुम्बाराहीस्थित क्रिकेट मैदानमा प्रारम्भ भएको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरर हुसेन हास्मी र नेपाल क्रिकेट सङ्घका पूर्वअध्यक्ष विनयराज पाण्डेले संयुक्तरूपमा उद्घाटन गरे । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत हास्मीले दुवै देशका युवा […]

मुख्‍य समाचार समाचार समाज

पञ्चकोटले दिइरहेको राष्ट्रिय सन्देश

१९ फागुन, बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलश निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ गत फागुन ९ गतेदेखि ब्रह्माण्डीय महायज्ञको बाटो रोजिएको छ । फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा कथा वाचन, पाठपरायणलगायत गतिविधि निरन्तर भइरहेका छन् । विसं २०७१ मा […]

मुख्‍य समाचार राजनीति

बुद्धको शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

१९ फागुन, कपिलवस्तु।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका  छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्रधानमन्त्री दाहालले उक्त विश्वविद्यालयको १५औँ सभालाई आज सम्बोधन गर्दै शान्तिको सन्देश प्रवाहमा विभिन्न समुदाय र विश्वविद्यालयको अहम् भूमिका हुनुपर्ने बताए । प्रधानमन्त्रीले भने, ‘देशभरका जनमानसमा बुद्ध, बौद्ध दर्शन, बौद्ध संस्कृति तथा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

३ करोड भन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउछौं : प्रधानमन्त्री

१९ फागुन, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ करोड भन्दा साना योजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने बताएका छन् । शनिबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले संविधान बनेको आठ वर्ष पूरा हुँदासमेत संघीयता कार्यान्वयनमा रूचि नदेखिएको तर आफूहरुले त्यसलाई तोड्न खोजेको बताए । ‘आर्थिक अधिकार प्रदेशलाई दिनै नचाहने, कथं कदाचित केही अधिकार […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संघीय निजामती सेवा विधेयक सम्भवतः भोलि संसदमा दर्ता हुन्छ : प्रचण्ड

१९ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा दर्ता हुने सम्भावना रहेको बताएका छन् । शनिबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन कानुनलाई आफूले उच्च प्राथमिकतामा राखेको बताए । ‘संघीयता कार्यान्वयनसँग सम्बन्धित संघीय कानुन निर्माणमा सरकार सक्रिय रुपमा लागेको छ । संघीय निजामती सेवा विधेयक […]