५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार समाज

मकै बेचेर जीविकोपार्जन

१८ जेठ,घोराही । दाङ घोराही उपमहानगरपालिका–१८ रझेनाका ६० वर्षीया पार्वती घर्तीले मकै बेचेर जीविकोपार्जन गर्दै आएका छन् । जेठको चर्को घाममा पनि उनी मकै पोलेर बेच्न व्यस्त छन् । उहाँले विगत ३५ वर्षदेखि यसरी नै आफ्नो दैनिकी सञ्चालन गर्दै आएका छन् । हरेक वर्ष मकैको सिजन सुरु भएसँगै उनलाई पोलेर बेच्न भ्याइनभ्याइ हुन्छ । घर्तीले […]

मुख्‍य समाचार समाचार समाज

बजेट वक्तव्यपछि बुटवल-भैरहवा करिडोरका उद्योगी उत्साहित

१८ जेठ, भैरहवा । बुटवल–भैरहवा करिडोरमा रहेको एभरेष्ट रोलिङ मिल्स सञ्चालनको सुरसार हुँदैछ । केही समयदेखि बन्द अवस्थामा रहेको उद्योग सरकारले ल्याएको बजेट र परिवर्तित व्यवस्थापछि सञ्चालनमा ल्याउन थप सहज भएको सञ्चालक अरुण गोयन्काले बताए । “केही समययता बन्द रहेको उद्योग सञ्चालनका लागि तयारी गरिरहेका थियौँ, सरकारले बजेटमार्फत थप सहज बनाइदिएपछि हामीजस्ता उद्योगीलाई हर्षित बनाएको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

गलकोट रिग तालको चर्चासँगै पर्यटन प्रवर्द्धनमा जोड

१८ जेठ,गलकोट । जिल्लाको निसीखोला गाउँपालिकास्थित रिग तालको चर्चा चुलिएसँगै गाउँपालिकाले प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ । यहाँ प्रशस्त पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा हुन थालेपछि पालिकाले यसको प्रवर्द्धनमा जोड दिएको हो । बागलुङ र रुकुमको सिमानामा पर्ने पातीहाल्ने पुगेका पर्यटक पैदलमार्गमार्फत रिग ताल पुग्न थालेका […]

मुख्‍य समाचार राजनीति

सहकारीको वचत अपचलन गर्ने जोकोहीलाई कारवाही हुनुपर्छ : डिला संग्रौला

१८ जेठ , नेपालगन्ज । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले उपप्रधान एव गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी संस्थाहरुको स्पष्ट छानविन हुनुपर्ने जोड दिएकी छिन् । कांग्रेसले सदन र सडकमार्फत दबाब सिर्जना गराएर छानविन समिति बनाएको उल्लेख गर्दै सर्वसाधाराणक बचतकर्ताको रकम अपचलन गर्ने गृहमन्त्रीलगायत जोकोही कारवाहीका भागीदार बन्नुपर्ने बताइन । शुक्रबार बाँकेको नेपालगन्जमा आयोजित अगुवा […]

मुख्‍य समाचार समाचार

कान्तिपुर सिटी कलेजको ८औँ अकं म्याग्जिन विमोचन

१८ जेठ , काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाण्डौँ स्थित कान्तिपुर सिटी कलेजको व्यवस्थापन संकायले म्यानेजमेन्ट स्वकलरस् म्याग्जिन (पत्रिका) को आठौँ अकं कलेजको सभा हलमा विमोचन गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति तथा प्रमुख अतिथि प्रा.डा. यादव राज कोइराला, आमसञ्चार तथा व्यवस्थापन विज्ञ तथा अतिथि प्रो. रामा कृष्ण रेग्मी, कान्तिपुर सिटी कलेजका प्रबन्ध निर्देशक […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

चित्लाङबाट ‘ज्वाइँ साब’ सुरु

१८ जेठ , काठमाडौं । वसन्त निरौलाको निर्देशन रहने फिल्म ‘ज्वाइँ साब’को छायाङ्कन मकवानपुरको चित्लाङबाट सुरु भएको छ । शुक्रबार बिहान चित्लाङमा रहेको भैरव मन्दिरमा पुजा गर्दै छायाङ्कन सुरु गरिएको हो । निर्देशक निरौलाका अनुसार एक महिनासम्म छायाङ्कन गरिने फिल्म चित्लाङमा २० दिन खिचिनेछ भने बाँकी दृश्य सौराहा र इलाममा खिचिनेछ । उनले समयसामयिक कथामा […]

खेलकुद मुख्‍य समाचार

अष्ट्रेलियाली क्रिकेटको वहुसांस्कृतिक दूतमा दुई नेपाली

१८ जेठ , काठमाडौं । अष्ट्रेलियाली क्रिकेटले दुई नेपालीलाई बहुसांस्कृतिक दूतमा चयन गरेको छ । ‘मल्टिकल्चरल एम्बासडर’ अर्थात् बहुसांस्कृतिक दूत कार्यक्रमअन्तर्गत विजय जोशी र अमित लोहनीलाई दूतका रुपमा चयन गरेको हो । क्रिकेट डटकम एयुमा राखिएको मिडिया रिलिज अनुसार ५० जनाको समूह बनाई मल्टिकल्चरल एम्बेस्डर प्रोगाममा क्विन्सल्यान्डबाट लोहनी र दक्षिण अष्ट्रेलियाबाट जोशीलाई चयन गरिएको हो […]

अर्थ मुख्‍य समाचार

सुनको मूल्य तोलामा १७ सयले बढ्यो

१८ जेठ, काठमाडौँ । काठमाडौँ स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला बिहिबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि रु एक […]

मुख्‍य समाचार समाज

हिंमाल संरक्षणको सन्देश फैलाउँदै सगरमाथा चढेर फर्किए डिजे तेन्जिङ

१८ जेठ , काठमाडौं । नेपालकै पहिलो डिजे तेन्जिङ शेर्पाले हिंमाल संरक्षणको सन्देश फैलाउँदै सगरमाथा आरोहण गरेका छन् । जेठको दोश्रो साता क्याम्प–२ मा डिजे कन्सर्ट गर्दै सगरमाथाको चुचुरो उक्लिएका उनी शुक्रबार काठमाडौं फर्किएका हुन् । काठमाडौंमा उनलाई भव्य स्वागत गरिएको छ । सम्भवतः उनी सगरमाथा आरोहण गर्ने पहिलो डिजे हुन् । उनले क्याम्प–२ मा […]

मुख्‍य समाचार समाज

मोदीको ध्यान राजनीतिः कहिले उत्तरको केदारनाथ, अहिले दक्षिणको कन्याकुमारी

१८ जेठ , काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझदेखि तमिलनाडुस्थित कन्याकुमारीको विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ध्यान सुरु गरेका छन् । दुई महिनादेखि लोकसभा निर्वाचन अभियानको अगुवाई गरेका मोदीले अन्तिम मतदान अघि ध्यान गरेका छन् ।   नजिकैको तिरुवनन्तपुरमबाट हेलिकप्टर चढेर रक  मेमोरियल पुगेका मोदी भगवती अम्मान मन्दिरमा पूजा गरेपछि ध्यानमा बसेका थिए । […]

खेलकुद मुख्‍य समाचार

विश्वकप क्रिकेटको नेपाली टिकमा एक जना चिकित्सक समावेश

१८ जेठ , काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिममा एक जना चिकित्सक (टिम डक्टर)लाई समावेश गरिएको छ । नेपाली टोली डक्टर विहीन अवस्थामा अमेरिका पुगेको थियो । पछिल्लो समय टिम स्क्वाडका विषयमा चौतर्फी आलोचना भएपछि नेपाल क्रिकेट संघ क्यानले अमेरिकामै चिकित्सकको व्यवस्था गरेको हो । नेपालबाट गएका चिकित्सकले प्रेस्किप्सन लेख्न नमिल्ने भएकाले […]

मुख्‍य समाचार समाचार समाज

हुरीले उडाएको धारिलो जस्ता जिउमा बज्रदा १ सय ७ वर्षीय वृद्धको मृत्यु

१८ जेठ, वीरगञ्ज । हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो । घरमा बसिरहेका उनि धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानले उपचारका लागि बाराको नौतनस्थित […]