१५ असार २०८३, सोमबार
कर्णाली मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रास्वपाले आज सुर्खेतमा चुनावी सभा गर्दै, बालेन र रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुर्खेत मा आज चुनावी सभा गर्दैछ । बिहीबार सुर्खेतको घण्टाघर चोकमा रास्वपाले ‘हामी आउँदै छौं’भन्ने नारासहित चुनावी सभा आयोजना गर्न लागेको हो । सभामा रास्वपाका सभापति रवि लामिछाने,रास्वपाका झापा–५ का उम्मेदवार बालेन शाह लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । हिजो बुधबार रास्वपाले धनगढीमा चुनावी प्रचारप्रसारका लागि ‘हामी आयौँ परिवर्तनका लागि’ […]

बागमती मुख्‍य समाचार समाचार

प्रवासी जीवन : प्रवासी पीडा, नेपालीपन र मानसिक स्वास्थ्यको बेजोड कथा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा कहिलेकाहीँ यस्ता कथाहरू आउँछन्, जसले मनोरञ्जन मात्र होइन, समाजको गहिरो सत्य पनि उजागर गर्छन्। विदेश जाने सपनाभित्रको यथार्थ, मानसिक स्वास्थ्यको मौन पीडा र नेपालीपनको खोज, यी तीनै भावनालाई एउटै कथामा बाँध्ने प्रयास स्वरुप हलमा आउँदै छ, चलचित्र ‘प्रवासी जीवन’ । विदेशमा बसेर पनि नेपाली भाषा, संस्कार र पहिचानलाई प्राथमिकतामा राख्दै […]

बागमती मुख्‍य समाचार समाचार

आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार (हिजो) प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार ०७ सालको क्रान्ति हो : प्रधानमन्त्री कार्कीसंघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आधार ०७ सालको क्रान्ति हो : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र नभई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष भएको स्मरण गराएकी छन् । बिहीबार राष्ट्रिय प्रजातन्त्र दिवसको मूल समारोह २०८२ लाई सम्बोधन गर्दै ७६औँ प्रजातन्त्र दिवसको अवसरमा ०७ सालको क्रान्तिले नागरिकलाई रैतीबाट नागरिक बनाएको महान् दिनको रूपमा मूल्याङ्कन गर्दै, आजको संघीय लोकतान्त्रिक गणतन्त्र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ विशेष समारोहमा सहभागिता, नेपाली सेनाद्वारा सलामी

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा विहिबार नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित सो समारोहमा सरिक भएका हुन् । सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । सो […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

राजनीतिक दलका घोषणा पत्रमा ‘दलित’ र ‘जेनजी’का मुद्दा नसमेटिएको भन्दै चुनाव बहिष्कारको चेतावनी

काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणा पत्रमा दलित, अल्पसंख्यक तथा जेनजी युवाहरूका मुद्दा समावेश नगरेको भन्दै चुनाव बहिष्कार गर्ने चेतावनी दिइएको छ । बुधबार राजधानीको संवाद डबलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरोकारवालाहरुले यस्ता उम्मेद्वारलाई बहिष्कार गर्ने अभियान सञ्चालन गर्ने चेतावनी दिएका हुन् । जेनजी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मतदाता शिक्षा र निष्पक्ष मतदानको सन्देश दिदैँ देशभर आज निर्वाचन दिवस मनाइँदै

काठमाडौं । नेपालमा पहिलो पटक आम निर्वाचन सुरु भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर निर्वाचन दिवस मनाइँदै छ। निर्वाचन आयोगले विसं २०१५ साल फागुन ७ गतेबाट सुरु भएको आम निर्वाचनको सम्झनामा यस दिनलाई निर्वाचन दिवसका रूपमा मनाउँदै आएको हो । २०१५ सालको आम निर्वाचन नेपालको लोकतान्त्रिक अभ्यासको पहिलो महत्वपूर्ण चरण मानिन्छ । सो निर्वाचनमा नेपाली […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

सामाजिक सञ्जालमा भ्रामक सामग्रीप्रति सजग रहन प्रहरीको अनुरोध

काठमाडौं । काठमाडौंको नारायणगोपाल चोकस्थित चक्रपथ सडक खण्डमा पैदल यात्रीलाई हातपात गरी दुव्र्यवहार गर्ने सवारी चालक प्रहरी नियन्त्रणमा परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी पवन कुमार भट्टराईका अनसार प्रहरीले घटना सम्बन्धी आवश्यक कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइरहेकोे छ । सो घटनापछि विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट भ्रामक फोटो, भिडियो तथा […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जसपा नेपालको मूल लक्ष्य, संघीयताको रक्षा र मधेसको मुक्ति : उपेन्द्र यादवजसपा नेपालको मूल लक्ष्य, संघीयताको रक्षा र मधेसको मुक्ति : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकारसम्पन्न सङ्घीयता रक्षा र मधेशको मुक्ति आफुहरुको मूल लक्ष्य भएको बताएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित पत्थरगाडामा बुधबार आयोजित युवा विद्यार्थीहरुको क्षेत्रीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यी लक्ष्य प्राप्तिको लागि आफू जस्तो सुकै सङ्घर्ष गर्न तयार रहेको उनले बताए । सङ्घीयता मधेश जनविद्रोहबाट […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । आज फागुन ७ गते देशभर राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । २००७ सालको जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने शहीदहरू दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको योगदानको स्मरण गर्दै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

लोकतन्त्रको जग सुदृढ बनाउँदै समृद्ध नेपालतर्फ अघि बढ्न गगन थापाको आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्दै समृद्ध नेपाल निर्माणतर्फ अग्रसर हुन आह्वान गरेका छन्। बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले फागुन ७ लाई नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका रूपमा स्मरण गरेका छन्। २००७ सालको जनक्रान्तिले १०४ वर्ष लामो निरंकुश राणा शासनको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

गगनकुमार थापाद्वारा मुस्लिम समुदायमा रमजानको मंगलमय शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुस्लिम धर्मावलम्वीहरूका लागि पवित्र रमजान महिनाको अवसरमा शुभकामना व्यक्त गरेका छन् । बिहीबार शुभकामना सन्देश मार्फत उनले सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा रमजान महिना (निराहार व्रत) मनाउने अवसरमा सुख, शान्ति र आध्यात्मिक उन्नति प्राप्त होस् भन्ने कामना व्यक्त गरेका हुन् । इस्लामिक पात्रो (हिजरी संवत्) अनुसार नवौँ महिना […]