पाटन ललितपुर, ४ असार । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधिमा आधारित उद्यमशीलताको विकासका लागि राज्यले पहल गर्नुपर्ने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले आज ललितपुरमा आयोजना गरेको युवा वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वैज्ञानिक अनुसन्धान र प्रविधिमा आधारित उद्यमशीलता विकासका लागि राज्यको स्पष्ट नीति, पर्याप्त लगानी, सहकार्य प्रणाली र पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । “वैज्ञानिक अनुसन्धान तथा आविष्कारका क्षेत्रमा नेपालले अन्तरराष्ट्रियस्तरमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिरहेको छैन, अनुसन्धान अनुकूल संरचना र पूर्वाधारको अभाव, सरकारी लगानीको न्यूनता र नवप्रवर्तनलाई व्यवसायमा रूपान्तरण गर्ने प्रणालीको अभाग रहेकाले ती समस्या समाधान गर्न राज्य गम्भीर हुनुपर्छ”, उनले भने । उनले युवामा रहेका सिर्जनशील योजना, सीप र क्षमतालाई प्रयोग गरी राष्ट्र निर्माणमा परिचालन गर्नुपर्नेमा जोड दिए । “युवाहरू विदेशपलायन हुनुपर्ने अवस्था न्यूनीकरण गर्न […]