१ कार्तिक २०८३, शनिबार

रातो कागज

About Author

23363

Articles Published
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बारम्बार आन्दोलन र संक्रमणकालीन अवस्था मुलुकको स्थिरतामा बाधक : पूर्वप्रधान...

काठमाडौं । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले मुलुकमा सधैंभरी आन्दोलन भइरहँदा संक्रमणकालीन अवस्थाबाट गुज्रिनु पर्ने बताएका छन् । बुधबार ललितपुरमा राष्ट्रय...
मुख्‍य समाचार

राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटी तत्काल टुङ्ग्याउनुपर्ने बताएका छन् । उनले आयोजना प्रगतिका विषयमा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र बूढीगण्डकी कम्पनी लिमिटेडका पदाधिकारीसँग छलफल गर्दै कम्पनी व्यवस्थापनलाई वित्तीय विश्लेषणमार्फत मोडालिटी छिट्टै तय गरी पेश गर्न आग्रह गरेका छन् । मन्त्री घिसिङका अनुसार, जग्गा अधिग्रहण, वन क्षेत्रको प्रयोग, रुख कटानको क्षतिपूर्ति, भन्सार तथा मूल्यवृद्धि करमा छुट र पेट्रोलियम आयात करको केही रकम आयोजनामा प्रयोग गर्दा लगानी सहज हुन सक्छ भने नेपाल विद्युत प्राधिकरणको साधारण सेयर निष्कासनबाट पनि पूँजी सङ्कलन गर्न सकिन्छ । आयोजनामा ५० प्रतिशत स्वःपूँजी र ५० प्रतिशत ऋण हुने गरी सरकारको भार नपर्ने मोडालिटी तयार गर्नुपर्ने उनले स्पष्ट पारेका छन् । परामर्शदाताको सन् २०१५ प्रतिवेदन अनुसार आयोजनाको लागत २ अर्ब ५९ करोड अमेरिकी डलर रहेको थियो भने हालको मूल्यमा २ अर्ब ७७ करोड अमेरिकी डलर (३ खर्ब ३२ अर्ब रुपैयाँ) पुगेको छ । कम्पनीले दुईवटा मोडालिटी तयार गरेको छ; भिजिएफ नपाएमा इक्विटी र ऋण अनुपात २५ः७५ र भिजिएफ उपलब्ध भएमा ३०ः७० हुने प्रस्ताव गरिएको छ । इक्विटी रकम सरकार, प्राधिकरण, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम र सर्वसाधारणबाट सङ्कलन गर्ने योजना छ । आयोजनाको जग्गा प्राप्तिमा करिब ९० प्रतिशत प्रगति भइसकेको छ भने गोरखा र धादिङका ८,११७ प्रभावित परिवारमध्ये ३,५६० पूर्ण विस्थापित हुनेछन ्। परियोजनाअन्तर्गत धादिङ र गोरखामा २६३ मिटर अग्लो कर्भेचर आर्च बाँध निर्माण हुनेछ, जसले ६३ वर्ग किलोमिटर क्षेत्रफलमा जलाशय सिर्जना गर्नेछ र वार्षिक ३ अर्ब ३८ करोड ३० लाख युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । मन्त्री घिसिङले बूढीगण्डकीलाई ऊर्जा सुरक्षाका दृष्टिले रणनीतिक महत्वको आयोजना भन्दै छिट्टै लगानी मोडालिटी तय गर्न सरकारको प्रयास तीव्र बनाइरहेको बताएका छन् ।  
मुख्‍य समाचार

टिपर दुर्घटनामा एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक, १९ कात्तिकः मण्डनदेउपुर नगरपालिका(६ स्थित कोदारी भिरमा आज बिहान टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ...
मुख्‍य समाचार

राष्ट्रहित सर्वोपरि कन्क्लेभमा ‘जेनजी विद्रोहको जरो’ विषयमा छलफल : नेपोबेबी...

काठमाडौं । राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘जेनजी विद्रोहको जरो’ शीर्षकमा आयोजित प्यानल छलफलमा युवा...
मुख्‍य समाचार

हिंसा पीडितका लागि सहारा बन्दै एकद्वार संकट व्यवस्थापन केन्द्र

झापा, १९ कात्तिक ः लैङ्गिक हिंसाबाट पीडितका लागि भद्रपुरमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र यहाँ प्रभावकारी बन्दै गएको छ ।सबैखालका...
मुख्‍य समाचार

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

काठमाडौँ, १९ कात्तिकः नेपाल बार एसोसिएसनले राजदूत फिर्ता बोलाउने निर्णयका सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले उक्त निर्णयप्रति गम्भीर...
मुख्‍य समाचार

प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति बढ्यो

कञ्चनपुर, १९ कात्तिकः शुक्लाफाँटा नगरपालिका(९ स्थित सामुदायिक पशुचौपाया व्यवस्थापन केन्द्रले किसानलाई प्राङ्गारिक मल वितरण गर्न थालेपछि माटोको उर्वराशक्ति वृद्धि हुनुका...
मुख्‍य समाचार

आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौँ, १९ कात्तिकः आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स युएई विरुद्ध एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपालले...
मुख्‍य समाचार

यात्रा टुंगिदै गर्दा हामी एक हिसाबले खुसि नै छौँ :...

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ राम कुमारी झाँक्रीले समाजवादी पार्टीसँगको यात्रा टुंगिदै गर्दा खासै दुखेसो नलागेको  बताएकी छन् ।...
मुख्‍य समाचार

मौरीपालनबाट वार्षिक १५ लाख आम्दानी

पर्वत, १९ कात्तिकः उमेरले ७३ वर्ष पार गरे पनि जोशजाँगर भने लक्काजवानको भन्दा कम छैन पर्वतको मोदी गाउँपालिका–२ कोरुङ्गाका टीकाराम...
मुख्‍य समाचार

पासाङ शेर्पालाई संरक्षण गरेको आरोपमा एमाले नेतृत्वको आलोचना

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पामाथि बहुविवाह, मानव तस्करी, ठगी र चेक बाउन्सजस्ता गम्भीर आपराधिक मुद्दा विचाराधीन अवस्थामा...