२४ चैत्र २०८२, मंगलवार

रातो कागज

About Author

20938

Articles Published
बागमती मुख्‍य समाचार विशेष समाचार

आन्दोलनकारीको सन्देशः ‘सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै हो, यसलाई नफुटाऔं’

काठमाडौं । सोमबारदेखि आन्दोलनमा उत्रिएका जेनजी पुस्ताका प्रदर्शनकारीहरुले सार्वजनिक सम्पत्ति जोगाउन अपिल गर्दै प्रदर्शन गरेका छन् । मंगलबार अपरान्ह काठमाडौंको...
बागमती मुख्‍य समाचार विशेष समाचार

पूर्वराष्ट्रपति भण्डारीले भनिन् ः युवा पुस्ताको विश्वास जित्ने कदम चालौं 

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले युवा पुस्ताको विश्वास जित्ने कदम चाल्न आग्रह गरेकी छिन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले सरकार, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाज सबैलाई मिलेर हालको तनावलाई संवेदनशील ढङ्गले समाधान गर्न र युवा पुस्ताको विश्वास जित्ने कदम चाल्न आग्रह गरेकी हुन् । युवा पुस्ता प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ठूलो संख्यामा युवा विद्यार्थीहरूको निधन भएको घटनाबाट आफू मर्माहत भएको उनले जनाएकी छिन् ।    
बागमती मुख्‍य समाचार

एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड

काठमाडौं । जेनजी पुस्ताका आन्दोलनकारीहरुले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन् शेर बहादुर देउवा, रमेश लेखक र आरजु राणाको घरमा आगजनी, गरेसँगै एमाले केन्द्रीय कार्यालयमा तोडफोड गरेका हुन् । सअघि पार्टी कार्यालय अघि टायर बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारी पार्टी कार्यालमा प्रवेश गरेका हुन् । सोमबार जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज देशव्यापी प्रदर्शन भइरहेको छ । देशभर अहिले प्रदर्शन चर्किरहेको छ । विभिन्न जिल्लामा पार्टीका कार्यलयहरु तोडफोड भएका छन् ।      
मधेश मुख्‍य समाचार विशेष समाचार

रौतहटमा प्रहरी र नगरपालिकाको गाडीमा आगजनी, पूर्व–पश्चिम राजमार्ग प्रभावित

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकासहित प्रहरीको गाडीमा आगजनी भएको छ  । सो क्रममा प्रहरीले दर्जनौं राउन्ड फायर गरेको छ  ।...
बागमती मुख्‍य समाचार विशेष समाचार

कांग्रेसको पार्टी कार्यालयमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालयमा जेनजी पुस्ताका आन्दोलनकारीहरुले आगजनी गरेका छन् । मंगलबार पार्टी कार्यालय सानेपामा पुगेर युवाहरुले नाराबाजी...
मुख्‍य समाचार विशेष समाचार समाचार

रगतको अभाव हुन दिएका छैनौं ः रेडक्रस सोसाइटी 

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन चर्किरहेका बेला रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटीले विशेष सजकता अपनाएको जनाएको छ । सोसाइटीले रगतको अभाव नभएको जनाएको छ । सोसाइटीको मानवीय मुल्य तथा संचार विभाग निर्देशक विपुल न्यौपानेले  रगतको अभाव भएको भन्ने समाचार गलत भएको जनाए । सोमबार भएको आन्दोलनका क्रममा धेरै घाइते भएपनि रगतको अभाव हुन नदिएको उनले जानकारी दिए । ‘अहिलेको अवस्थालाई धान्न सक्ने रगत हामीसँग उपलब्ध छ । कतिपयले स्वस्फूर्त रुपमा रगत दिइरहेका छन् । रक्तसन्चार केन्द्र भृकुटीमण्डपलगायत अन्य स्थानमा पनि इमरजेन्सी रक्तदानको कार्यक्रमहरु चलाइरहेका छौं,’ उनले भने ।
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

GEN-Z का नवयुवाहरूसंग हार्दिक अपिल

प्रिय नवयुवा साथीहरू, अन्तर्हृदयैदेखि तपाईंहरू सबैमा विनम्र नमन! भदौ २३ को ऐतिहासिक जनप्रतिरोधको क्रममा नवफासिवादी शासकहरूको गोलीबाट शहादत प्राप्त गर्नुहुने...
मुख्‍य समाचार विशेष समाचार समाचार

प्रचण्ड निवासमा प्रदर्शनकारीद्धारा आगजनी

काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा ढुंगामुढा गरेका...
बागमती मुख्‍य समाचार समाचार

संचारमन्त्री गुरुङ निवासमा आगजानी

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । मंगलबार ललितपुरको सुनाकोठीस्थित...
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रधानमन्त्री राजीनामा र कांग्रेस सरकार छाड्न गगनको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगत थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । उनले सामाजिक सञ्जालबाट यस्तो माग गर्दै कांग्रेसमा निर्णय गराउन लागिपर्ने बताएका हुन् । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने र पार्टीको बैठकबाट यो निर्णय गराउने उनले जनाएका छन् । ‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’ थापाले सामाजिक संजालमा लेखेका छन् ।  
मधेश मुख्‍य समाचार विशेष समाचार

जनकपुरमा जेन–जी आन्दोलन चर्कियो

जनकपुर । सरकारविरुद्धको जेन–जी आन्दोलन जनकपुरधाममा बिहानैदेखि युवावर्गहरूले विरोध गरेका छन् । मगंलबार विहानैदेखि भेला भएर उनीहरूले जनकपुर बजारमा प्रदर्शन गरिरहेका हुन् । जनकपुपर बजारसँगै जनकपुरको अन्य स्थानमा पनि प्रदर्शन भइरहेको छ । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।      
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका मुख्य–मुख्य क्षेत्रमा कफ्र्यु

काठमाडौं । जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका मुख्य–मुख्य क्षेत्रमा कफ्र्यु लागेको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको  हो  । काठमाडौंप्रशासन कार्यालयले काठमाडौं महानगरपालिका चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम साढे ८ बजे देखि अनिश्चिकालीन कफ्र्यु आदेश जारी गरेका हुन् । काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र काठमाडौं महानगरपालिकाको वालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भाग तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक,...