प्रत्येक महिनामा सामान्यतया दुई पक्ष पर्दछ । यसमा कृष्ण पक्ष र शुक्ल पक्ष पर्छ । तर, प्रत्येक वर्ष दसैँ आउनुभन्दा अगाडि आश्विन कृष्ण पितृपक्ष आउँछ । यसलाई नै सोह्रश्राद्ध अर्थात् पार्वण श्राद्ध भनिन्छ । श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो योग्यता एवम श्रद्धा अनुसार गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन । पितृपक्षका १६ दिन विभिन्न तिथिहरूमा विभिन्न कारणले मृत्यु भएका पितृहरूको श्राद्ध गरिन्छ । उनीहरूको आत्मालाई शान्ति मिलोस् भनेर सम्मान, कृतज्ञता र योगदानलाई स्मरण गर्दै आशीर्वाद लिने गरिन्छ । सोह्रश्राद्ध जसलाई पितृपक्ष वा महालय श्राद्ध पनि भनिन्छ । सोह्रश्राद्धको महिनाभर चोखो निधो गर्नुपर्ने पण्डित डा.उत्तम लोचन न्यौपानेले बताए । उनले श्राद्ध गर्ने मान्छेले करिब २४ घण्टा अगाडि कपाल खौरिनु पर्ने, देउता वस्त्र अनुसार धोती धारणा गर्ने, एक छाक शुद्ध खाने र स्नान गर्नपर्ने बताए । उनले श्राद्धमा महिलाको भूमिका सबैभन्दा धेरै हुने बताए । उनले श्राद्धमा ९० प्रतिशत भूमिका रहने बताए । उनले नारीहरुको कर्मको प्रभावको कारणले गर्दा खुशी, उत्साह र उमङ्ग पितृहरुले प्राप्त गर्र्ने समेत बताएका छन् । ‘जो श्राद्धकर्ता हो, उसले करिब १२–१५ घण्टा अगाडि अर्थात् २४ घण्टा अगाडि कपाल खौरिनुपर्ने हुन्छ अनि देउता वस्त्रमा धोती धारणा गर्नुपर्छ । सकेसम्म सेतो वस्त्र लगाउने, एक छाक शुद्ध खाने, स्नान जस्ता कर्महरु गर्नुपर्छ । पहिलो दिन पितृको स्मरण गर्ने अनि भोलिपल्ट श्राद्धका कर्महरु विशेष रुपले गर्नुपर्छ । विशेष गरेर श्राद्धमा महिलाको को ९० प्रतिशत नै भूमिका रहन्छ’, उनले भने । महिलाहरुले बिहान चारबजे उठेर घरलाई लिपपोत गर्ने, चोख्याउने कर्म गरेर त्यसपछि भोजन बनाउने कार्यहरु गर्नुपर्ने हुन्छ । ती सारा काम गरेर पनि जति इष्टमित्रहरु, कुल कुटुम्ब, दाजुभाइहरु आदीलाई खुवाईपियाइ गरेर राति अबेरसम्ममा भाँडाहरु माझेर सबै थनक्याउनुपर्ने बाध्यतामा पर्छन । त्यसैले पनि महिलाको भूमिका बढी देखिन्छ । नारीहरुको कर्मको प्रभावका कारण पितृहरुले खुशी, उत्साह र उमङ्ग प्राप्त गर्न गर्छन् भन्ने विश्वास पनि छ,’ उनले भने । उनले पितृलाई विशेष सेतो–पहेंलो बढी मनपर्ने, सेतो–पहेंलो फूलहरु चढाउनुपर्ने पनि बताए । सोह्रश्राद्धका दिनमा जसले श्राद्ध गरिदिन्छ र श्राद्ध लिन भनेर पितृहरु लोकमा आउने भएकाले श्राद्ध गरिदिनले हर्षोल्लास वा आनन्दका साथ, भक्तिका साथ अर्पण गर्नाले पितृले आशिर्वाद दिने पनि बताए । ‘पितृका लागि विशेष गरेर सेतो–पहेंलो कपडा वा फुलहरु बालुवाका आकृतिहरु, गंगाजल, आफ्नो खेतीबाट उब्जनी भएका अन्नहरु दान गर्ने, आलु, चामल आवश्यक पर्छ । १६ श्राद्धका दिनहरुमा पितृहरु अब मेरो नातीले या मेरा सन्तानले वा जसले श्राद्ध गरिदिन्छ श्राद्ध लिन भनेर पितृहरु लोकमा आउँछन् भन्ने विश्वास छ,’ उनले भने । उनले सोह्रश्राद्धमा जसको मृत्यु भएको छ, उनीहरुको स्मरण गर्दै पिण्ड दिने चलन रहेको बताए । श्राद्धका १६ दिनसम्म रहने दिवंगत पितृहरुलाई मात्र नभई जुनसुकै शुभकार्य गर्दा वा विवाहको पूर्वसन्ध्यामा पूर्वाङ्ग गर्नपर्ने चलन रहेको बताए । ‘भाद्र शुक्ल पुर्णिमा पर्यन्त १६ दिनसम्म आश्विन कृष्ण प्रतिपदा आश्विन कृष्ण औसी पर्यन्तसम्मको र प्रतिपदादेखि सोह्रश्राद्ध प्रारम्भ हुन्छन् । उक्त समय दिवंगत पितृहरु साथै तीन पुस्ताको स्मरण गरिन्छ । जसको मृत्यु भएको छ, उनीहरुको स्मरण गर्दै पिण्ड दिने चलन छ । श्राद्धका क्रमहरु जुन १६ दिनसम्म रहने दिवंगत पितृहरुलाई वा जुनसुकै शुभकार्य गर्दा श्राद्धका विधिहरु अपनाइन्छ । जस्तै विवाहको पूर्वसन्ध्यामा पूर्वाङ्ग गरिन्छ चाहे कुमारीको होस् चाहे कुमारको । श्राद्ध अर्थात् शुभकार्य गर्दा पहिले पितृलाई बुझाउँछौं । त्यसपछाडि देवकर्म पक्षका कामहरु गरिन्छ । त्यस कारण श्रद्धासाथ गरिने विषयलाई नै श्राद्ध भनेर भनिन्छ ।’ उनले तीन पुस्ता भित्रकाहरुका लागि तिथि मानेर पुरुष प्रधान मानेर श्राद्ध गर्ने प्रचलनहरु अर्थात सोह्रश्राद्धको नियमहरु रहेको बताए । पिताको तिथि अगाडि आयो भने पिताकै तिथिमा श्राद्ध गर्ने प्रचलन रहेको छ । यदि हजुरबाको तिथि अलि चाँडै आयो हजुरबाकै तिथिमा गर्ने पनि रहेको छ । यदि बुढो हजुरबाको आयो भने तीन पुस्ता भित्रका तिथि आयो भने पुरुष प्रधान मानेर श्राद्ध गर्ने प्रचलनहरु अर्थात सोह्रश्राद्धको नियमहरु रहेका छन् । उनले सोह्रश्राद्धभरी शंख घण्ट बजाउन नहुने बताए । नवरात्र प्रारम्भ भए पछाडि दुर्गाको लागि उत्साह र उमंगका साथ मठमन्दिर जाने शंखघण्ट बजाउने, रातो वस्त्रहरु लगाउने चलन रहेको समेत बताए । ‘सोह्रश्राद्धभर शंख घण्ट बजाउन पनि हुँदैन । शालिग्रामको पूजा गर्दा शंखघण्ट पनि बजाउन भएन । जब नवरात्र प्रारम्भ हुन्छ त्यस पछाडि दुर्गाको लागि उत्साह र उमंगका साथ मठमन्दिर गएर शंख घण्ट बजाउने, रातो वस्त्रहरु लगाउने लगायतका कर्महरु गर्न पाइन्छ,’ उनले भने । त्यस्तै अर्का पण्डित विदुरलोचन न्यौपानेले सोहश्राद्धभरि शुद्ध पवित्र खानुपर्ने माछा–मासु, लसुन, प्याज, यसको सम्झन नहुने भन्दै व्रत बस्दाखेरि घाम अस्ताउनु भन्दापूर्व शुद्ध पवित्र खाना खानुपर्ने बताए । सोह्र दिनसम्म नै स्नान, संध्या, वन्दनादी कर्म गरेर शुद्ध पवित्र हुनुपर्छ भन्ने शास्त्रीय मान्यता रहि आएको सुनाए । उनले सोह्रश्राद्धमा आफ्ना इष्ट–मित्र, नाता–गोता, बन्धु वर्ग, ...
बाजुरा । बाजुरामा पनि २२ औं निजामती सेवा दिवस मनाइएको छ । विभिन्न कार्यक्रम गरे निजामती सेवा दिवस २०८२ मनाइएको हो । मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् । सोही अवसरमा बाजुरामा पनि बिभिन्न कार्यक्रम गरेर दिवस मनाइएको हो । २२ औं निजामती सेवा दिवस ‘व्यवसायिक र सिर्जनशिल प्रशासन,विकास,समृद्धि र शुसासन’ भन्ने मुल नाराका साथ प्रभातफेरि कार्यक्रमसंगै मार्तडी बजारको फोहर संकलन गरेर कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले बताए । उनका अनुसार, निजामती सेवा दिवसको अवसरमा प्रभातफेरि कार्यक्रमसंगै मार्तडीमा बजारको फोहर संकलन, अस्पताल बाजुरामा उपचाररत रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर दिवस मनाइएको बताएका छन् । साथै कार्यक्रममा उपस्थिति सम्पुर्ण निजामती कर्मचारीलगायत पत्रकारहरुको स्वास्थ्य परीक्षण समेत गरेर दिवस मनाइएको सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावलले बताए। अस्पताल बाजुरामा उपचाररत रहेका करिब २७ जना बिरामीहरुलाई दिवसको अवसरमा फलफूल वितरण समेत गरिएको उनको भनाइ छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश प्रशाद पौडेलले निजामती सेवाको मूल्य–मान्यता, नैतिकता, सदाचारिता, र निष्ठाजस्ता गुणको पालना गरी नागरिकको सेवामा प्रतिबद्धता हुन आग्रह गरेका हुन्। २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाईदै आएको छ । निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा दिवस मनाईने गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावत, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिध, जिल्ला स्थित निजामती कर्मचारीहरु लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आगामी विशेष साधारण सभा हाललाई स्थगित गरिएको छ । बिहीबार बसेको नाडाको २२औं केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि विशेष साधारण सभा यही भदौ २४ गते, मङ्गलबारका दिन ललितपुरको झम्सिखेलस्थित ‘द प्लाजा’ ...
काठमाडौं । ड्रोन प्रविधिको उपयोगले विश्वभर अभूतपूर्व सम्भावनाहरू खोलेको छ । नेपालजस्तो भौगोलिक रुपमा जटिल देशका लागि ड्रोनले पर्यटन, सुरक्षा, आपतकालीन राहत, म्यापिङ, कृषि, ढुवानी जस्ता क्षेत्रहरूमा क्रान्ति ल्याउने सम्भावना छ । तर, यतिखेर नेपालमा यो क्षेत्र सम्भावनाभन्दा बढी समस्यामा फसेको देखिन्छ । ड्रोन हब ...
काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा भएको सवारीसाधन प्रदर्शनी मेला ‘नाडा अटो शो २०२५’ मा प्रदर्शनमा राखिएको फ्लाइङ ट्याक्सी नउडाई फिर्ता पठाइएको छ । गत भाद्र ३ गतेदेखि ८ गतेसम्म चलेको शोको मुख्य आकर्षणको रुपमा फ्लाइङ ट्याक्सी नेपालको पहिलो ...