Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आज सुनको मूल्य तीन हजारले घट्यो

News and Updates
8 घण्टा अघि

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तीन हजार रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्यमा भारी गिरावट आएको हो ।

 

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

 

 

यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी २ हजार १४५ रुपैयाँ निर्धारण भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया