४ चैत्र २०८२, बुधबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीलाई सालुसँग जोड्ने सडकमा निर्माणाधीन रणजोर खोलाको पुल निर्माणको समय लम्बिएको छ ।

सरकारले पैसा दिँदा ठेकेदारले काम नगरेको सो पलको निर्माण कार्य अहिले आएर ठेकेदारले काम गर्दा राज्यले पैसा दिन नसकेपछि लम्बिएको हो । सो पुल दुई वर्षमा काम सक्नेगरी २०७७ जेठ १ गते निर्माण सम्झौता भएको थियो ।

निर्माण सम्झौता भएको पाँच वर्ष बिते पनि पुल निर्माणको काम अधुरै छ ।  पछिल्लो समय सरकाले रकम भुक्तानी नदिएको भन्दै व्यवसायीले पुल निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएर अड्काएर राखेको छ ।

पुल निर्माणका लागि दिवारभुवनेश्वरी जेभीले ९ करोड ६४ लख ५ हजार ३ सय ८४ रुपैँयामा सम्झौता गरेका थिए । पुलको डिजाइन परिवर्तन गर्नु परेका कारण कामको परिमाण थप हुँदा र मूल्य समायोजनका कारण लागत बढ्न गएर पुलको लागत झण्डै ११ करोड ९२ लाख रुपैँया पुगेको छ ।

सो कामको हालसम्म नौं करोड ५६ लाख ९ हजार ३ सय १५ रुपैयाँ भुक्तानी दिनु पर्ने प्राविधिक मूल्याङ्कन भएको छ । त्यसमध्ये ५३ लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको निर्माण व्यवसायीको दाबी छ ।

जिल्ला पूर्वाधार विकास कार्यालय रामेछापमार्फत निर्माण भएको सो पुल निर्माणको अन्तिम म्याद २०८१ माघ ३० गतेसम्म रहेको थियो । उक्त म्याद समाप्त भएको  भएपनि निर्माणको काम सकिएको छैन । सरकाले कामको भुक्तानी नदिएको कारण निर्माण कार्य रोक्नु परेको कम्पनीको भनाइ छ ।

कुल १ सय २० मिटर लामो सो पुलमा तीनवटा स्पान रहेका छन् । अन्तिम स्पानको ढलान समेत सकिएको भएपनि पुलको घेराबारा र पुलसम्म पुग्ने पहुँच मार्ग निर्माणको काम बाँकी छ ।

सो पुल बनेपछि मन्थलीबाट गैराथोक, सालु तथा साँघुटार हुँदै ओखलढुङ्गा जाने यात्रीको लागि छोटो बाटो हुनेछ । अहिले ती क्षेत्रमा जाने साधनहरू सुनारपानी घुमेर जाने गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि