News and Updates

मगु । मुगुको छायानाथ रारा नगरपालिका–३ हेर्नीकाँध गाउँ विगत एक दशकदेखि तरकारी खेतीमा आत्मनिर्भर छ । यहाँ रहेका २२ घरपरिवारको दैनिकी बिहानदेखि बेलुकीसम्म खेतबारीमै वित्नेगर्छ ।
गाउँका सबै घरपरिबार बेमैसमी र मौसमी तरकारी खेतीमा आकर्षण भएसँगै हेर्नीकाँध तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएको छ ।
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि गाँउका २२ घरधुरीले ८१ भन्दा बढी रोपनीको कृषि क्षेत्र विकास कार्यक्रमको १० लाख ४७ हजार २ सय १६ रुपैंयाँ र महिला प्रगतिशिल कृषक समूहको एक लाख ४७ हजार २ सय ४७ रुपैंयाँ गरी जम्मा २० लाख ८९ हजार नौं सय ५२ रुपैंयाको लगानीमा २२ वटा फलामे टनेल घर निर्माणलगायत अन्य तालिम गोष्ठी, सेमिनार, औजार, बिउलगायतको लगानीमा सामूहिक मौसमी र बेमौसमी खेती गरिरहेका छन् ।
विगतका दिनमा अन्नवालीबाट मात्र घरखर्च चलाउन निकै गा¥हो हुने गरेको थियो । ‘कृषि क्षेत्र बिकास कार्यक्रक लागू भएदेखि २२ घर परिवारका महिलाहरु मिलेर समूहमार्फत तरकारी खेती गरेका छौं । २२ वटा फलामे टनेल घर निर्माण गरिएको छ । अन्य तालिम, गोष्ठी, जैविक बिषादी मल, तरकारी उत्पादन गर्ने तालिम ,पोषणयुक्त खानेकुराहरुको लालिम पाएपछि पथ सहज भएको छ । हामीले विदेश जान पर्दैन्, बालबच्चाको पढाइलेखाइ अन्य घरखर्च तरकारी विक्रीबाट चलाउछौं,’ स्थानीय चन्द्र रोकायाले भने ।
हिजोआज प्रत्येक घरमा चारदेखि पाँच लाखसम्म रकम जम्मा भएको छन् । ‘प्रत्येक घरमा जीवन बिमा समेत गरेका छौं । सबैभन्दा सहज बिगतका बर्षहरुमा टनेल घर बनाउँदा प्रत्येक बर्ष काठ चाहिने भएको हुँदा वन फडानी बढी हुन्थ्यो । अहिले फलामे टनेल निर्माण गर्दा फडानी कम भएको र समयको बचत भएको छ । तरकारी आफुहरुले खाएर नजिकैको गमगढी बजारमा विक्री गरिरहेका छौं,’ कृषक सृजना बुढाले भनिन् ।
बजार पनि सबैभन्दा नजिक भएकाले दैनिक तरकारी विक्रीबाट राम्रो आम्दानी हुने गरेको कृषि प्राविधिक एवम छाँयानाथ रारा नगरपालिका कृषि क्षेत्र बिकास कार्यक्रम मुगुका दानसिंह जिसीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया