१७ मंसिर २०८२, बुधबार
मुख्‍य समाचार समाचार समाज

जाजरकोटमा भूकम्पबाट एक लाख ८० हजार जना प्रभावित

२२ कात्तिक, जाजरकोट । जाजरकोटमा गत शुक्रबार गएको भूकम्पबाट करिब एक लाख ८० हजार नागरिक प्रभावित भएका छन् ।

जिल्लामा कुल ३४ हजार ५०१ घरधुरीका एक लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्लामा ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित बनेको छ ।

प्रशासनको तथ्यांकअनुसार जिल्लाका ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका छन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ ।

जाजरकोटमा मात्रै भूकम्पबाट १०१ जनाको मृत्यु भएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि