६ फाल्गुन २०८२, बुधबार
राजनीति समाचार समाज

कांग्रेसको महासमिति बैठक दुई साता पछि सर्‍यो

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ । आज आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो ।

यसअघि मंसिर १५ देखि १५ गतेका लागि तोकिएको थियो ।

तिहार अगाडि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । यसका कारण मंसिरको १३ र १५ गते भनिएको महासमिति बैठक समेत सरेको छ । कांग्रेसले महासमितिको अर्को बैठक मंसिर २९ तथा पुसको १ र २ गते गर्ने निर्णय गरेको छ ।

बैठकले जाजरकोट र रुकुममा गएको भूकम्पबाट भएको क्षतिलाई गम्भीर र दु:खद घटनाका रुपमा लिँदै प्रभावितलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

कांग्रेसले आइतबार राहत सामग्री उपलब्ध गराउन र स्वास्थ्य उपचार गर्नका लागि पार्टीका तर्फबाट सदस्यले जम्मा गरेको कोषबाट पचास लाख दिने गरेको थियो । आइतबार बसेको कार्यसम्पादन समिति बैठकले त्यसलाई अनुमोदन गरेको छ ।

‘यो रकम पर्याप्त होइन, अझैँ थप रकम पुर्‍याउनका लागि पार्टी संगठन भित्रका पदाधिकारी साथी, जनप्रतिनिधिलाई पार्टीको विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्नका लागि अपिल गर्ने भनेका छौँ’, प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भने, ‘यही निर्णयअनुसार कांग्रेस नेता जिप छिरिङ लामाले ११ लाख र दिव्यमणि राज भण्डारीले पाँच लाख दिने निर्णय गर्नुभयो ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि