३ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, गृहमन्त्रीको  आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन अनुरोध गरेका छन् ।

बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उनले व्यक्तिको सार्वजनिक जीवनलाई आघात पुग्ने गरी भ्रमपूर्ण कार्यहरू नगर्न, नगराउन समेत आग्रह गरेका छन् । उनले जिट भिसाका नाममा मानव बेचबिखनमा मुछिएका प्रतिपक्षीलाई तर्साउँदैमा पदबाट राजीनामा नदिने अडान लिएका छन् ।

मंगलबार र बुधबार भिजिट भिसा प्रकरणमा संसद्मा जवाफ दिन समय मागेका लेखकले प्रतिपक्षी दलहरूको अवरोधपछि बोल्न पाएका थिएनन् ।

उनले एउटा कर्मचारीमाथि प्रश्न उठ्दैमा राजनीतिक नेतृत्वले राजीनामा दिँदै जाने हो भने कहाँ पुगिन्छ भन्दै प्रतिपक्षी दलहरूलाई प्रश्न पनि गरे। लेखकले भोलि प्रतिपक्षी दलमा भएका नेताहरू पनि मन्त्री बन्नुपर्ने भन्दै ख्याल राख्न आग्रह गरे।

‘म माथि प्रश्न उठाउने माननीय साथीहरूलाई आग्रह गर्न चाहन्छु। म मात्रै शासन सत्तामा बसिराख्ने होइन। यो भन्दा पहिले पनि बसिसक्नु भएको छ। म मात्र बस्ने होइन। बस्नु पनि होला ।’ उनले भने ‘यो निरन्तर चलिराख्या छ। तर उहाँहरूले मलाई जोड्न खोजेको विषय भोलिका दिनमा उहाँहरूले यसरी नै शासन चलाउने अपेक्षा गर्नु भएको हो? यति कुरा मैले निवेदन गर्नुपर्छ। यदि त्यस्तो हो भने उहाँ पनि भोलि यस्ता प्रश्नबाट भाग्न पाउनुहुने छैन ।’

भोलिका दिनमा आफूलाई जस्तै प्रश्न उठेमा आफूहरूले पनि राजीनामा माग्नुपर्ने अवस्था सिर्जना हुने भन्दै धम्कीका शैलीमा लेखकले यस्ता विषयमा चुप लाग्नुपर्ने आशय व्यक्त गरे।

उनले अगाडिका मन्त्रीका समयमा समेत मन्त्रालयकै कर्मचारीमाथि छानबिन हुँदा पदबाट राजीनामा दिनु नपरेको प्रसंग उठाउँदै तीन वर्षमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको केसहरूसमेत प्रस्तुत गरेका थिए।

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि