३ चैत्र २०८२, मंगलवार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेप्से परिसूचकमा झिनो सुधार

काठमाडौँ, १३ जेठ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ अङ्कले बढेर दुई हजार छ सय ७५ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।

 

 

आज तीन सय १८ कम्पनीको एक करोड ४२ लाख ९९ हजार तीन सय ९४ कित्ता शेयर ५९ हजार छ सय ३३ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५२ करोड ७८ लाख ३९ हजार पाँच सय ८१ बराबरको कारोबार भएको छ ।

 

 

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ४०, विकास बैंक एक दशमलव ६६, जलविद्युत् शून्य दशमलव १४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ९५ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।

 

 

वित्त समूह शून्य दशमलव ६१, होटल तथा पर्यटन शून्य दशमलव ०९, लगानी शून्य दशमलव २६ र जीवन बीमा शून्य दशमलव ५४ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त एक दशमलव १३, निर्जीवन बीमा शून्य दशमलव ५५ र अन्य समूह शून्य दशमलव २० प्रतिशतले घटेको छ ।

 

 

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट बैंक लिमिलेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ०९ प्रतिशतले घटेको छ ।

 

 

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनी लिमिटेडको रु ६३ करोड ५८ लाख १९ हजार बराबरको १४ लाख ३४ हजार तीन सय ४१ कित्ता शेयर किनबेच भएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि