News and Updates
9 घण्टा अघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।
शनिबार सचिवालयको भर्चुअल बैठक ३ बजे र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्न लागेको हो ।
शुक्रबार सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामै रहने आदेश गरेपछि भर्चुअल बैठकको आव्हान गरिएको सचिवालयले जानकारी दिएको छ ।
रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक दिउसो २ बजे पार्टी कार्यालयमा बस्न लागेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया