१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

यस्तो छ, सार्वजनिक लेखा समितिको निर्णय

काठमाडौं  । सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई थप ग्रहण गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय गरेको छ ।

बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले उक्त निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

उनले भने,‘ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई लेखा समितिले थप ग्रहण गर्ने निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय भएको छ ।

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथि आएको विषयहरु सचिवालयले ड्राफ्ट बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरेको पनि जानकारी गराए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि