१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्यूनिकरण गरौं : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्यूनिकरण गर्नुपर्ने बताएका छन् । जैविक कृषि जागरण यात्रा २०८२ मा बोल्दै उनले धेरै विषादी प्रयोगले भविष्य राम्रो नहुने बताएका हुन् ।

उनले भने, ‘हामी धेरै विषादी प्रयोग गर्छौं । यो विषादी प्रयोगलाई न्यूनिकरण गर्नुपर्छ । विस्तारै विस्तारै उत्पादन कम होला तर यो न्यूनिकरण गर्न जरुरी छ । हामीले यसलाई न्यूनिकरण गर्न सकेनौं भने भविष्य राम्रो छैन ।’

साथै, उनले प्राङगारीक मल तयार गुर्नपर्ने बताए । उनले विषादी नभएको मलका लागि केही न केही पैसा छुट्याउनु पर्ने र त्यसमा अगाडि जानुपर्छ भनेर मन्त्रालयमा दैनिक छलफल चलेको समेत बताए ।

उनले भने, ‘रसायनिक मलका सम्बन्धमा थुप्रै कुराहरु आएका छन् । हामीले प्राङगारीक मल तयार गरिसकेका छैनौं । त्यसको तयारीमा लागौं । तर त्यसले  उत्पादन कती दिन्छ ? हामीले प्राङगारीक मल पनि राख्न सक्छौं । त्यसमा थोरै थोरै युरिया पनि छर्न सक्छौं । प्राङगारीक मललाई बढावा दिने, रसायनिक मललाई विस्तारै घटाउने । हामीले यो पटक प्राङगारीक मलका लागि, विषादी नभएको मलका लागि केही न केही पैसा छुट्याउनैपर्छ र त्यसमा अगाडि जानुपर्छ भनेर मन्त्रालयमा दैनिक छलफल चलेको छ ।’

यसैगरी, उपसभामुख इन्दिरा राना मगरले निर्यात गर्न नसके पनि आयातलाई घटाउनुपर्ने बताएकी छन् । उनले खाद्य वस्तु नेपालमा आयात हुन कम भएपछि मात्र देश समृद्धितिर लम्किँदै जाने बताइन् ।

उनले भनिन्, ‘हामीले निर्यात गर्न नसके पनि आयातलाई घटाउन सक्नुपर्छ । सबै अहिले खाद्ययान आयात नै छ । आयात जहिले हुन छोड्छ तब देश समृद्धितिर  लम्किँदै जाने छ ।’

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि