१८ कार्तिक २०८२, मंगलवार
प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

प्रदेश संरचनाको देशमा सुशासन आवश्यक छ : तामाङ

मकवानपुर । बागमती प्रदेशसभा राप्रपा सदस्य डम्बर तामाङले प्रदेश संरचनाको देशमा सुशासन आवश्यक रहेको बताएका छन् ।

बसेको प्रदेश सभाको बैठकमा बोल्नुहुँदै उनले यस्तो बताएका हुन्। उनले किसानलाई अहिले गणतन्त्र नभइ मल चाहिएको, जनतालाई गणतन्त्र नभइ सुशासन र सहकारी पीडितलाई गणतन्त्र नभइ पैसा फिर्ता चाहिएको बताए ।

उनले जनभावना र मानिसका आस्थालाई प्रहार नगर्न चेतावनी दिए। उनले परिवर्तनका नाममा जहाज हाइज्याक गर्ने, आपराधिक घटनाहरू धेरै भएको भन्दै अब देश लुट्ने काम भइरहेको बताए ।

सांसद तामाङले आस्थालाई दबाउन शक्ति प्रयोग भए जनताले सुविधा नपाउने बताए। शान्तिपूर्ण तवरले निकास निकाल्नुपर्ने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि