१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

काठमाडौं । उर्जामन्त्री दिपक खड्काले अकस्मात पानी परेर बाढी आउदाँ सचेत गराउने प्रविधिको विकास हुनुपर्ने बताएका छन् ।

बुधबार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम २०८२’ मा बोल्दै उनले ठुला हाइड्रोपावर, सिँचाइको आयोजना खोला केन्द्रित हुने भन्दै बाढिबाट सचेत हुन  प्रविधिको विकास आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘ठुला ठुला हाइड्रोपावरको आयोजनाहरु, सिँचाइको आयोजनाहरु खोला केन्द्रित हुन्छन् । अकस्मात पानी परेर बाढी आउछ थाहा हुदैन । दिनभरी घाम लागेको हुन्छ त्यसको अनुमान भईदियो भने मान्छे सुरक्षित ठाउँमा जाने र बचाँउने र सम्भव भएसम्म समयमा नै सचेत हुन पाइने प्रविधिको विकास मानिससम्म पुर्याउनु पर्ने आजको आवश्यकता छ । यस वर्ष कम्तिमा प्रत्यक वडाक वडा अध्यक्षसँग सुचना प्रविधि जोड्नेगरी काम गर्नुहोला ।’

उनले पहिलो उदारकर्ता वडास्तर नै भएकाले सुरक्षा निकायको पहिलो प्राथमिकता वडास्तर हुने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि