२० फाल्गुन २०८२, बुधबार
समाचार समाज

इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान

१३ कात्तिक, काठमाडौं । दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये थप दुई नेपालीको शव पहिचान भएको छ ।

दक्षिणी इजरायलमा ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरुमध्ये मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साहको शव पहिचान हुन बाँकी थियो ।

दुबैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूताबासले जनाएको छ । सोमबार साँझ दूताबासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।’

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि