१२ माघ २०८२, सोमबार
समाचार समाज

इजरायलमा मृत्यु भएका थप ३ नेपालीको शव पहिचान

१२ कात्तिक, काठमाडौं । इजरालयमा प्यालेस्टाइनी समूह हमासको आक्रमणमा पारिएका थप ३ जना नेपालीको शव पहिचान भएको छ ।

इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा मारिएका थप ३ नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी आएको बताएको छ । दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको छ ।

हमासको आक्रमणमा इजरायलमा १० नेपाली मारिएका थिए । तीमध्ये ५ जनाको शव यसअघि नै पहिचान भई नेपाल ल्याइसकिएको छ । बाँकी दुई जनाको भने हालसम्म शव पहिचान हुन सकेको छैन ।

आक्रमणमा घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जना नेपाल पुगिसकेका छन् र एक जना इजरायलको नेपाली दूतावासको हेरचाहमा रहेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि