७ पुष २०८२, सोमबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार

नेताहरुलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति र राजनीतिलाई गालि गरेर मात्रै देश सुधार्न नसकिने बताएका छन् ।

आइतबार गण्डकी आयुर्वेद अस्पतालमा विशेष सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले व्यक्ति र राजनीतिलाई गालि गरेर मात्रै देश सुधार्न नसकिने भन्दै सक्षम र  सकारात्मक काम गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्ने बताए ।

उनले भने, ‘जनताले आफ्नो जनप्रतिनिधि आफैंले छान्ने हो । र त्यो बाट राज्य सञ्चालन गर्ने हो । म अहिले यहाँको मुख्यमन्त्री छु । मैले भन्दा राम्रो गर्न सक्ने, इच्छा राख्ने हिम्मत हुनेहरुले मलाई विस्थापित गरेर आउनु हुन्छ मेरो ठाउँमा । यहाँ व्यक्ति र राजनीतिलाई गालि गरेर केवल व्यक्तिगत कुरा मात्रै गरेर केहि कुरा सुधार्न सकिँदैन ।  सक्षम र  गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्छ । नभएका कामहरु गरेर देखाउनुपर्ने अहिलेको आवश्यकता हो । तब मात्रैa नेपाल बन्न सक्छ।’

त्यस्तै उनले नकारात्मक कुराले नेपाल बनाउन नसकिने पनि धारणा राखे ।

सबै सकारात्मक कामहरु गर्दै गयो भने मात्रै स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सकिने उनको भनाई छ ।

उनले भने, ‘नकारात्मक कुराले नेपाल बनाउन सकिँदैन । नेपाल बनाउनको लागि यसमा सबैको सकारात्मक सोचका साथ अगाडि बढ्न सक्यौं भने मात्रै हामीले गर्न सक्छौं । हाम्रै पालामा राम्रो  गर्न सक्छौं । हामी सबै सकारात्मक कामहरु गर्दै गयौं भने स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सक्छौं ।’

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि