Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रशासनको निर्देशन बेवास्ता गरेको भन्दै गायकको माइक प्रहरीले खोस्यो

News and Updates
8 घण्टा अघि

रौतहट । बाराको शान्ति टोलमा जारी ‘व्यापारिक तथा सांस्कृतिक महोत्सव’ अनपेक्षित रुपमा शनिबार राति स्थगित गरिएको छ ।

 

 

जितपुर सिमरा उपमहानगरपालिका–२ मा भइरहेको महोत्सवमा राती ९ बजेर ५ मिनेट जाँदा प्रहरीले अवरोध गरेपछि कार्यक्रम स्थगित गरिएको हो ।
इलाका प्रहरी कार्यालय सिमराकी डीएसपी शुभद्रा लामा वाइबाको नेतृत्वमा गएको प्रहरी टोलीले कार्यक्रम चलिरहेको अवस्थामा हस्तक्षेप गरी कार्यक्रम रोकेको प्रत्यक्षदर्शीले बताए ।

 

 

भोजपुरी गायक सुनील पण्डितले आफ्नो प्रस्तुति दिदै गरेको अवस्थामा डीएसपी वाइबाले हातबाट माइक खोसिन् र लाउडस्पीकरको तारसमेत चुँडाइदिएकी थिइन् । यस किसिमको कार्यक्रम राती अबेरसम्म गर्न नपाइने भन्दै तत्काल रोक्न उनले निर्देशन दिएकी थिइन् ।

 

 

कार्यक्रम अवरुद्ध भएपछि आयोजक तथा स्थानीय बासिन्दाहरू निराश भएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी राति अबेरसम्म यस्ता किसिमको कार्यक्रम नगर्न आयोजकलाई यसअघि नै सुझाव दिइएको थियो । प्रशासनको निर्देशनलाई बेवास्ता गरेका कारण कार्यक्रम रोक लगाइएको उनले बताए ।

 

 

प्रशासनले आयोजकलाई ८ बजेपछि कार्यक्रम बन्द गर्न अनुरोध गर्दापनि ९ बजेसम्म पनि कार्यक्रम नरोकिएकाले हस्तक्षेप गर्नुपरेको उनले बताए ।

 

 

अधिकारीले भने,‘रातको समयमा ठूलो आवाजसहित डिजे, अश्लील गीत तथा उश्रृङखल नृत्य निषेधित छ । उहाँहरुलाई पहिले नै सार्वजनिक सूचनामार्फत जानकारी गराइएको थियो । तर अटेर गरेपछि प्रहरी नै परिचालन गरेर अवरोध गर्न बाध्य भएका हौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया