News and Updates

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ ।
यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयो भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गर्नको लागि प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया