Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘दुरसंचार ऐन वानीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधनआवश्यक छ’

News and Updates
7 घण्टा अघि

काठमाडौं । नेपालमा दूरसञ्चार सेवाको पहुँच जनसंख्याको तुलनामा १०० प्रतिशतपुगेपनिदुर्गम भेगमाभने अझै नेटवर्क र सेवाविस्तारमा समस्यादेखिएको छ ।प्राधिकरणका ग्रामिण विकास शाखाकाउप–निर्देशकविनोद चन्द्र श्रेष्ठका अनुसार देशकाहिमाली, पहाडी तथा सीमावर्ती क्षेत्रहरूमाअझै पूर्ण रुपमासञ्चार सेवापुग्न सकेको छैन् ।
उनले भने, ‘हामी नेटवर्कआफैं बनाउँदैनौं, सेवाप्रदायकलाई निर्देशन र सहजीकरण गरिरहेका छौं । तर भूगोल, पूर्वाधार अभाव, र विद्युतआपूर्तिको समस्याप्रमुखचुनौतीका रुपमा देखिएका छन् ।दुरदराजमाअहिले पनि समस्या छ सञ्चारको । धेरै ठाउँमा अझै पनि नेटवर्कको समस्या छ । हामीले काम गर्नुपर्ने ठाउँहरु प्रशस्तै छ । हिमाली, उच्च पहाडी, राष्ट्रिय निकुञ्जभित्रपर्ने क्षेत्र र सीमा क्षेत्रहरु, नयाँखुलेका राजमार्गहरु, नदीका तटमा खुलेका करिडोरहरुमापनि मोबाइल नेटवर्क कभरेज पुर्याउनआवश्यक देखिएको छ ।’
साथै उनले नेपाल दूरसञ्चार प्राधिकरणदूरसञ्चार क्षेत्रको नियामकनिकायभएको बताए । उनले विश्वभरी २.६ मिलियन मान्छे अझै पनिसञ्चार क्षेत्रबाट बाहिर रहेको बताए ।
उनले भने, ‘नेपाल दूरसञ्चार प्राधिकरणदूरसञ्चार क्षेत्रको नियामकनिकायहो । यसले खासगरी नेपालभित्र सञ्चालनहुने दूरसञ्चार सेवाहरुको नियमन गर्ने काम गर्छ ।विश्वभरको अवस्था हेर्यो भने २.६ मिलियन मान्छे अझै पनिसञ्चार क्षेत्रबाट बाहिर छन् । त्यसमा बढी महिला छन् । त्यसैले यस्ता ठाउँहरुमा पनि सेवाविस्तार गर्नुपर्ने छ ।’
यसैगरीसहायकनिर्देशकश्रेष्ठले विश्व दूरसञ्चार दिवस सम्बन्धी नेपालन्यूज बैंकसँग कुरा गर्दै प्राधिकरणले देशभर सञ्चालित दूरसञ्चार सेवाहरूको नियमन गर्ने कामगर्दै आएको बताए। उनले प्राधिकरणले सेवाआफैं नदिने भएपनि सेवाप्रदायकहरूलाई ग्रामीण तथादुर्गम क्षेत्रमा सेवाविस्तार गर्न निर्देशनदिने र ग्रामिण दूरसञ्चार विकास कोषमार्फत सहयोग गर्ने बताए ।
‘प्राधिकरण सेवाप्रदायकहोइन, हामी नेटवर्क बनाएर जाने संस्थाहोइनौं,श्रेष्ठले स्पष्ट पारे, ‘तर नीति र कोषमार्फत सेवाविस्तार गराउनदूरसञ्चार कामगर्दै आइरहेको छ ।’
ग्रामीण क्षेत्रमा दूरसञ्चार टावरहरूको संख्या बढेपनितिनमाआवश्यकविद्युतआपूर्ति नहुँदा सेवा अवरुद्ध हुने समस्या रहेको सहायकनिर्देशकश्रेष्ठलेबताए। कतिपय स्थानमा सौर्य ऊर्जा र ब्याट्री प्रयोग गरिएपनि मौसम प्रतिकूलहुँदापर्याप्त घाम नलाग्ने कारणले ब्याकअपपावर चलाउननसक्ने अवस्था देखिएको समेत उनले बताए ।
उनले भने, ‘विद्युतलाइननपुगेका ठाउँमा सोलार प्लस ब्याट्री प्रयोग गर्नुपरेको छ। तर लामो समय घाम नलाग्दा सञ्जालबन्दहुने स्थिति आउँछ ।तर विकट ठाउँहरुमा नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायकलाई निर्देशनदिएर नेटवर्कविस्तार र गुणस्तर कायम गर्न सधैं अग्रसर भएर काम गरि नै रहेको छ । मोबाइलको टावरहरु बनिसकेको स्थानमापनिपावरहरुको रिलायटि नहुने अवस्था छ । सबै ठाउँमा विद्युतप्राधिकरणको विद्युत सेवापुगिसकेको छैन् । कतिपय ठाउँमा सोलार पावरले चलाउनुपर्ने स्थिती छ । सोलार प्लस ब्याट्रिको प्रयोग गर्नुपर्ने अवस्था छ । मौसमको कारणले गर्दाखेरी पनि विकट ठाउँहरुमा पावर ब्याकपजतिभनेको छ त्यो भन्दा बढी घाम लागेन र ब्याकपहुननसकेका कारणले पनि विकट ठाउँका जनता सञ्चारका माध्यमबाट टाढा हुनुपर्ने बाध्यता छ ।’
यसैगरी नेपालमाफाइभजीप्रविधिको परीक्षण भएपनिहालसम्मव्यावसायिक सेवा सुरु हुन सकेको छैन। सेवाप्रदायककम्पनीहरूले आवश्यकपूर्वाधार निर्माण र लगानी गर्न चासो नदेखाएको उनको भनाइ छ।
फाइभजीलागि धेरै टावर, नेटवर्क इन्फ्रास्ट्रक्चर र ग्यारेन्टी चाहिन्छ। तर सेवाप्रदायकहरूअझै त्यसमातयार नरहेको श्रेष्ठले बताए ।
उनले भने, ‘फाइभजीटेस्टिङ चरणमा थियो । यसमा सेवाप्रदायकहरुले चासो देखाउननसकेका कारणले पनि नेपालमाचल्न सकेको छैन । यसमा धेरै पूर्वाधारहरु चाहिन्छ । टावरहरुको संख्यापनि धेरै नै चाहिन्छ । साथै यसमाग्यारेन्टिको कुरा पनि आउँछन् । सेवाप्रदायकहरु लगानी गर्न तयार पनिहुनुपर्यो । दूरसञ्चार क्षेत्रको प्रमुखचुनौतिभनेको भूगोल र पूर्वाधारहरुमा गर्नुपर्ने लगानीहो । सरकारले र नेपाल दूरसञ्चार प्राधिकरणले पनिनीतिनियमहरु बनाएर अगाडि बढ्न नसक्नु नै प्रमुखचूनौतिहो ।’
यसैगरी वर्तमानमा नेपालमा दूरसञ्चार ऐन २०५३ र दूरसञ्चार नीति २०६० अनुसार सेवा सञ्चालनभइरहेको बताए । उनले ऐननीति पुरानो भएकाले ऐनलाई समयसापेक्ष संशोधन गर्न ढिलाइ हुँदा समस्याआइरहेको समेत बताए ।
‘दूरसञ्चार नीति २०६० मा बन्यो । दूरसञ्चार ऐन २०५३ अनुसार अहिले कामभइरहेको छ । नीतिआइसकेपछि नीतिअन्तरगतहुने दूरसञ्चार ऐन बनिदियो भने सबै नकारात्मकपक्षहरु सकारात्मकहुँदै जान्थे,’उनले भने, ‘नीतिभन्दा ऐन पूरानो छ । यसले गर्दा कतिपय अप्ठ्याराहरु ऐनसंशोधननहुँदाभएको छ ।’
साथै उनले दूरसञ्चार सेवा अब केवल एक क्षेत्रको सीमामा नरहेको उल्लेख गर्दै यो सेवाशिक्षा, स्वास्थ्य, व्यापार, प्रशासनजस्ता हरेक क्षेत्रमाअनिवार्य बनिसकेको बताए ।
‘सूचनाप्रविधिविना अब कुनै क्षेत्रचल्दैनश्रेष्ठले भने, ‘त्यसैले दूरसञ्चार पहुँच सबै क्षेत्रकालागिजीवनरेखाहो ।’
यसैगरी विश्व दूरसञ्चार दिवसको कुरा गर्दै उनले अहिले नेपालमा मोबाइलतथा टेलिफोन सिम कार्डको पहुँच जनसंख्याको तुलनामा १०० प्रतिशतभन्दा बढी पुगेको बताए । उनले हरेकवर्ष १७ मे मा मनाइने दूरसञ्चार दिवसको नारा यो वर्ष लैङ्गिक समावेशिता र समावेशीपहुँचमा केन्द्रितरहेको बताए ।
उनले भने, ‘विश्वभर अझै २.६ अर्ब मानिस सञ्चार सेवाबाट टाढा छन् । जसमा धेरैजसो महिला छन् त्यसैले यस वर्षको सन्देश लैङ्गिक समावेशिता र समावेशीपहुँचमा केन्द्रित छ,’उनले थपे, ‘हामी दूरसञ्चार क्षेत्रमाकाम गर्नेहरूकालागि त १७ मे मात्रै होइन, वर्षैभर दूरसञ्चार दिवस हो ।’

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया