Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

चिया टिप्न र वृद्धवृद्धाको हेरचाहमा रोबोटको प्रयोग

News and Updates
4 महिना अघि

एजेन्सी । चीनमा रोबोटको प्रयोग विस्तार हुँदै गएको छ । वृद्धवृद्धाको हेरचाहदेखि कृषि कर्मका लागि रोबोटहरुको प्रयोग गराउन थालिएको छ ।

 

 

पूर्वी चीनको हाङझाउ शहरमा चिया बगानमा रोबोटहरू प्रयोग भइरहेका छन् । जसले चियाको पात टिप्ने काम गरिरहेका छन् ।

 

 

त्यस्तै वृद्ध हेरचाह गर्न र मानिसहरुलाई ओछ्यानबाट उठाउन पनि रोबोटको प्रयोग भइरहेका छन् । हेबेई प्रविधि विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले विकास गरेको रोबोटले आफ्नो हात फैलाएर कसैलाई ओछ्यानबाट सुरक्षित रूपमा उठाउन सक्छ।

 

 

 

हेबेई युनिभर्सिटी अफ टेक्नोलोजीका सह–प्राध्यापक मेकानिकल इन्जिनियरिङ लिउ जिक्सियाओका अनुसार रोबोटहरु मानिसजस्तै झुक्न र घुम्न सक्ने भएका छन् । ‘दुई पाखुराहरूले कुल ९० किलोग्राम भार बोक्न सक्छन्। रोबोटको प्रत्येक जोर्नीले मानिस जस्तै झुक्न र घुम्न सक्छ ।’

 

 

हालैको एक उद्योग प्रतिवेदन अनुसार, चीनको ह्युमनोइड रोबोट क्षेत्रको मूल्य वर्षको अन्त्यसम्ममा १.१४ अर्ब अमेरिकी डलरभन्दा बढी हुने अपेक्षा गरिएको छ, जुन विश्वव्यापी बजार हिस्साको आधा हिस्सा हो

फेसबुकबाट तपाईको प्रतिक्रिया