Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ आजबाट सुरु

News and Updates
11 घण्टा अघि

काठमाडौं । आजबाट काठमाडौंको भृकुटीमण्डपमा ‘विश्वव्यापी उपभोक्ता प्रदर्शन २०२५’ सुरु भएको छ । बुधबार सुरु भएको यो प्रदर्शन आगामी जेठ ४ गतेसम्म चल्नेछ ।

 

 

प्रदर्शन उद्घाटनका क्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यस प्रदर्शनमा उपभोक्ताहरुले सुपथ मूल्यका समानहरु पाउनुका साथै स—परिवार आएर राम्रो समय बिताउन सक्ने बताए ।

 

 

‘यो एक्सपामा स्थानीय उत्पादनलाई प्राथमिकता दिएको छ । यही काठमाडौं, भक्तपुरमा नै उत्पादन गरेका सामाग्रीहरु सुपथ मूल्यमा जुत्ता, कपडाहरु, हातले बुनेका सामाग्रीहरु बच्चाहरुको लागि प्ले स्टेसनहरु पनि छ । एकै ठाउँमा परिवार नै आएर राम्रो समय बिताउन सक्ने र उपभोक्ताहरुको लागि सुपथ मूल्यका समानहरु यहाँ छ । सबैजना आएर यो एक्सपो को फाइदा लिन सक्नुहुन्छ,’ उनले भने ।

 

 

यस्तै, इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले प्रदर्शनमा नेपाल, भारत, बङगलादेश, चाइना लगायत अन्य देशका उपभोग्य सामाग्रीहरुको १५० वटा स्टलहरु रहेको भन्दै आगामी दिन अझ बढाउदैँ जाने बताए ।

 

 

‘विश्वव्यापी उपभोक्ता प्रदर्शनमा सानो भन्दा सानो उत्पादनलाई कसरी समायोजन गर्न सकिन्छ भनेर साना साना उपभोग्य सामानहरुलाई समेटेर ल्याइएको छ । दशैमा मात्र उपभोग्य सामाग्रीको किनबेच नभई यो समयमा पनि हुन्छ भनेर देखाउन पनि यो प्रदर्शन गरेको हो । यहाँ नेपाल लगायत बाहिरी देशका सामाग्रीहरु छन् । नेपाल, भारत, बङगलादेश, चाइना लगायत अन्य देशका उपभोग्य सामाग्रीहरु छन् । हामी दशै दशै भन्छौ तर यो समयपनि सक्रिय समय हो । यो पहिलो प्रयास हो । अहिले साना साना यहाँ १५० वटा स्टलहरु छन् आगामी दिनमा ठुलो हुदै जान्छन् पहिलो पटकमा यस्तो राम्रो साथ पाएका छौ आगामी दिनमा पनि पाउने आश छ । यो पाँच दिनको लागि हो । कम्तिमा पनि पचाँस हजार जति अवलोकनकर्ता हुनेछन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया