Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

भारतले भन्यो जम्मु, पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण, पाकिस्तानले अस्वीकार गर्यो

News and Updates
18 घण्टा अघि

काठमाडौं । भारतले जम्मु, पठनकोट र उधमपुरस्थित सैनिक क्याम्पहरूमा बिहीबार राति पाकिस्तानबाट ड्रोन र मिसाइल आक्रमण भएको दाबी गरेको छ । आक्रमण भए पनि ती सबै आक्रमणहरूलाई निष्क्रिय पारिएको जनाएको छ । भारतका अनुसार, कुनै पनि प्रकारको मानवीय वा भौतिक क्षति भएको छैन ।

 

 

 

भारतको रक्षा मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘पाकिस्तानबाट आएको ड्रोन तथा मिसाइल आक्रमणलाई भारतको हवाई सुरक्षा प्रणालीले सफलतापूर्वक रोक्न सफल भएको छ । भारत आफ्नो सार्वभौमिकता र नागरिकहरूको सुरक्षामा पूर्ण रुपमा प्रतिबद्ध छ ।’

 

 

 

यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आक्रमणको दाबी अस्वीकार गरेका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया