१८ कार्तिक २०८२, मंगलवार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

गाजापट्टीमा इजरायली आक्रमण : मृत्यु हुने प्यालेस्टिनीको संख्या ५२ हजार बढी

एजेन्सी । इजरायल–हमास द्वन्द्वको पछिल्लो चरण सुरु भएदेखि गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५२,६५३ पुगेको छ । १,१८,८९७ जना घाइते भएका छन् ।

 

 

गाजास्थित स्वास्थ्य अधिकारीहरूले बुधबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार, विगत २४ घण्टामा गाजामा इजरायली सैन्य कारबाहीमा ३८ प्यालेस्टिनीको मृत्यु भएको छ र १४५ जना घाइते भएका छन् ।

 

 

बुधबारको पछिल्लो रिपोर्ट अनुसार इजरायल रक्षा बलको कारबाहीमा मध्यरातदेखि ९३ जनाको मृत्यु भएको छ ।

 

 

मार्च १८ मा इजरायलले गाजामा सैन्य कारबाही पुनः सुरु गरेदेखि प्यालेस्टिनीहरूको मृत्यु हुने संख्या २,५४५ पुगेको छ भने ६,८५६ जना घाइते भएका छन्।(सीसीटीभीप्लस)