१९ फाल्गुन २०८२, मंगलवार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

त्रियुगामा आएको बाढीले बस बगायो

२३ वैशाख, काठमाडौं। उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर पाँच सिवाईस्थित त्रियुगा नदीमा आएको बाढीले बस बगाएको छ । को १ ख ४७५३ नम्बरको बराहक्षेत्र नामक यात्रुबाहक बस मंगलबार बिहान बगाएको हो । सोमबार अबिरल बर्षासँगै त्रियुगामा पानीको बहाव बढेको थियो ।

बिवाहकालागि रिजर्भ यात्रुवाहक बस सोमबारै उदयपुरको सिवाईबाट जन्ती लिएर सप्तरीको गंगाजली पुगेको थियो । सोही दिन लोकन्ती लिएर फर्केको गाडी सिवाईबाट राती बेल्टार फर्किने क्रममा बस नदीमा फसेको थियो ।
इलाका प्रहरी कार्यालय सिवाईका असई जगदिशप्रसाद मेहताले बस सोमबार राति ११ बजे त्रियुगा नदीमा आएको बाढीमा बगेर डुबेको बताए ।

उनले भने, ‘यो बस सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्‍याएर फर्किने क्रममा थियो। तर दिउँसोदेखि नै पानी परेकाले त्रियुगा नदीमा बाढी आएको थियो। बस राति ११ बजे जन्ती पुर्‍याएर फर्कने क्रममा बीच नदीमै फस्यो।’

असई मेहताका अनुसार नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू सकुशल रहेका छन् । नदीमा डुबेको उक्त बस निकाल्न क्रेन बोलाइएको छ । न्‍यू प्रतिसारा यातायातद्वारा सञ्चालिक उक्त यात्रुबाहक बस धरान, बेल्टार रूटमा चल्‍ने गरेको असई मेहताले जानकारी दिए ।

सो नदीमा बनाइएको पुल बनिनसक्दै भत्किएका कारण डाइभर्सन बनाएर सवारी आवागमन गराइएको थियो । प्रहरीका अनुसार रातिको समयमा ह्युमपाइपको मुनिको भाग पानीले खोलिसकेको थाहा नहुँदा गाडी नदीमा डुबेको हो । जुन बस उद्धार गर्न नपाउँदै बगाएको हो ।

बाढीले बस बगाएपनि त्यहाँ कुनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ । गाडी फस्दा बसमा चालक र सहचालकमात्रै भएको र उनीहरुको उद्धार भएकाले कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि