Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

शिक्षक महासंघसँग गरेका सहमतिहरु अब कार्यान्वयनमा जानुपर्छ : एकनाथ ढकाल

News and Updates
9 घण्टा अघि

काठमाडौं । नेकपा एमालेका सांसद एकनाथ ढकालले सरकारले नेपाल शिक्षक महासंघसँग गरेको नौ बुँदे सहमति अब कार्यान्वयनको चरणमा जानुपर्ने बताएका छन् ।

 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ढकालले सहमति भएका नौ बुँदाहरुलाई व्यवहारमा उतार्ने बेला आएको स्पष्ट पारेका हुन् ।

 

उनले भने, ‘सरकारले विगतमा पनि सहमति गर्दा उदारता देखाएको भए पनि कार्यान्वयनमा अनुदार हुने गरेको इतिहास छ । त्यसैले शिक्षकहरू अझै आश्वस्त हुन सकेका छैनन्, आगामी बजेटमार्फत सहमतिको कार्यान्वयन गर्नुपर्ने समय आएको छ ।’

 

साथै उनले राहत शिक्षकहरूको विषयमा पनि ढिलासुस्ती गर्न नहुने बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया