Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

केआइआइटीमा दोहोरिएको घटनाको छानबिन हुनुपर्ने

News and Updates
8 घण्टा अघि

काठमाडौँ, २१ वैशाख । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भारतको उडिसा राज्यस्थित भुवनेश्वरको केआइआइटीमा एकै प्रकृतिको घटना दोहोरिएकाले त्यसबारे सत्य, तथ्य छानबिन गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरुले केआइआइटी कलेजमा अध्ययानरत छात्रा प्रिन्सा साहको रहस्यमय निधन भएको उल्लेख गर्दै छानबिन गर्न माग गरेका थिए । त्यसपछि सभाअध्यक्ष दाहालले सत्य, तथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

 

 

आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरुले उठाएका अन्य विषयको जवाफ संसद् नियमावलीले तोकेको समयभित्रै दिन पनि उनले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया