१ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार राजनीति समाचार

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सिफलमा दिउँसो साढे १ बजे बस्नेछ ।

 

आजको बैठकमा पार्टी अध्यक्ष कमल थापाले समसामयिक पछिल्लो अवस्था र भावी योजनाका विषयमा धारणा राख्ने तयारी छ ।

 

यस्तै बैठकमा पार्टीको भूमिका र साङ्गठनिक गतिविधि, चैत १५ गते भएको तीनकुने घटना र त्यस घटनासँग सम्बन्धित भएर पक्राउ परेकाहरूको रिहाइका साथै उक्त घटनाकाबारेमा न्यायिक छानबिन आयोग गठनका लागि सरकारलाई दबाब दिने विषयमा छलफल हुने राप्रपा नेपालले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि