Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

News and Updates
7 दिन अघि

बरहथवा सर्लाही, १० वैशाख । जिल्लाको विकट लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई यही वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो । उनका परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क गरे । अस्पतालबाट तत्काल उनको निवासमा एम्बुलेन्स पुग्यो ।

 

 

अपराह्न उनले स्वस्थ शिशुलाई जन्म दिए । अर्को दिन उनलाई एम्बुलेन्समा स्वास्थ्यकर्मीका साथ उनको निवास पुर्याइयो ।

 

 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चन्दन चौधरीका अनुसार लालबन्दी नगर अस्पतालले गर्भवती र नवप्रसूतालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । हालसम्म यो सेवा १३ जनाले लिएका छन् ।

 

 

मातृ तथा नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले अस्पतालँगको समन्वयमा नगरपालिकाले यो सेवा सुरु गरेको हो ।

 

 

नगरपालिकाले लालबन्दी नगरपालिकाभित्र जुनसुकै स्थानका गर्भवती महिलाले सुत्केरी हुन अस्पताल जाँदा र अस्पतालबाट घर फर्कँदा निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने जनाएको छ । नगरपालिकाले रु २० लाख १० हजारमा एम्बुलेन्स खरिद गरेर सेवा सुरु गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया