१२ माघ २०८२, सोमबार
समाचार समाज

इजरायलबाट २५० नेपाली आज काठमाडौं आइपुग्ने

२५ असोज, काठमाडौं । युद्धग्रस्त इजरायलमा नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमान बिहीबार राति सवा ९ बजे काठमाडौं आइपुग्दैछ ।

परराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीका अनुसार इजरायलको स्थानीय समयअनुसार बिहान ११ बजेर १० मिनेटमा नेपाल वायुसेवा निगमको विमान इजरायल अवतरण गर्नेछ ।

त्यसपछि नेपाल फर्किने नागरिकलाई दुई घण्टाभित्र विमानमा राख्ने र त्यहाँको समयअनुसार १ बजेर १० मिनेटमा नेपालका लागि उडान भर्ने तालिका रहेको जोशीले जानकारी दिए ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना नेपाली फर्किने छन् ।

नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ विमानमा इजरायल गएका छन् । मन्त्रालयका अनुसार मन्त्री साउदको इजरायली विदेश मन्त्रालयका उच्च तहका अधिकारी र नेपाली राजदूत कान्ता रिजाललगायतसँग विमानस्थलमा भेट गर्ने कार्यक्रम रहेको छ ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि