२० फाल्गुन २०८२, बुधबार
समाचार समाज

बानेश्वर नजिकै बागमती किनारमा युवकको शव भेटियो

२४ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बाग्मती खोला किनारामा आज एक युवकको शव भेटिएको छ ।

महानगरपालिकाको वडानं १० शङ्खमूल निवासी २० वर्षीय विकाश महरा मृत अवस्थामा भेटिएका काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार निजको साथबाट प्रयोग गरिएको खाली सिरिञ्जको कभर थान एक, टिकटिके मोबाइल थान एक फेला परेको र निज लागुऔषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि