News and Updates
3 हप्ता अघि

वीरगञ्ज पर्सा, ३१ चैत । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा कफ्र्युको समय बढाएको छ ।
आज मध्याह्न १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर भरे मध्यरात १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७ः३० बजेदेखि आइतबार १२ः०० बजेसम्मका लागि जारी भएको कफ्र्युको समय आज राति १२ः०० बजेसम्मका लागि बढाएको जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया