२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाचार समाज

लोकतन्त्रको अनुभव भएको छैन : मेयर साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् ।

आइतवार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्ने भन्दै त्यसको अनुभव नभएको बताएका हुन् ।

‘लोकतन्त्रको अनुभव भएको छैन । भोली सिंहदरवार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्नेखालको स्थिती छ । अब, मलाई त त्यो हुन्छ भने सर्वसाधरण जनताले मन्त्रिलाई भेट्न सक्छ ?,’उनले भने ।

उनले थप भने, ‘लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्छ । पार्टी होइन । जुन सुकै पार्टीबाट चुनीएर आए पनि हामी जनताको प्रतिनिधीत्व गर्ने ठाउँमा पुगिसके पछि त्यहाँ पार्टीगत लविङ, पार्टीगत सेटिङ भन्दा माथी उठेर काम गर्नुपर्छ । त्यो नभएर राजतन्त्रको माग भईरहेको छ ।’

उनले सरकारले जनप्रतिनिधी र जनताको कुरा नसुन्ने र जसको कारण पनि जनता रुष्ट भएको बताए ।

 

 

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि