२७ आश्विन २०८२, सोमबार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कर्णाली र राराको पानी बोकेर अक्कल बोहरा सगरमाथा आरोहणमा

मुगु । छाँयानाथ रारा नगरपालिका–१३ पार्थ गाँउमा जन्मेका अक्कल बोहराले मुगु कर्णाली र रारा तालको पानी लिएर शुक्रबार सगरमाथा आरोहणका लागि हिडेका छन् ।

रारा तालमा राज्यका तीनवटै तहले गनुपर्ने बिकास नगरेकाले त्यसका लागि दबाब दिने, कर्णाली नदीको पानी सदुपयोग गर्नुपर्नेलगायतका माग राखेर आफू सगरमाथा आरोहणमा निस्किएको बताए ।

बोहोरा पूर्व धावक हुन् । उनी अहिले स्पेनमा रारा नामक होटल सन्चालन गर्दै आएका छन् । उनी आफ्नै लगानीमा आरोहणमा निस्किएका हुन् । सामाजिक अभियन्ता समेत रहेको उनले विभिन्न सामाजिक सेवा समेत गर्दै आइरहेका छन् ।

शुक्रबार छाँयानाथ रारा नगरपालिकाले एक कार्यक्रम गरी नगरपालिका भित्र श्रमदान तथा अन्य समुदायमा सामाजिक क्षेत्रमा निकै उल्लेखीय काम गदै आएको भन्दै नगर प्रमुख बिस्नु कुमार भामले मायाको चिनो उपहार दिंदै सफल आरोहणका लागि शुभकामना दिए ।

 

 

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि