एजेन्सी । विश्वभर एआईको प्रभाव बढिरहेका बेला चीनले पहिलो पटक व्यावसायिक रुपमा पानीमुनि कम्प्युटिङ केन्द्र स्थापना गरेको छ ।
चीनको टापु प्रान्त हेनानको दक्षिणी तटमा, देशको पहिलो व्यावसायिक पानीमुनि कम्प्युटर केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रले देशव्यापी एकीकृत कम्प्युटिङ नेटवर्क निर्माण गर्ने ठूलो योजनामा प्रमुख रुपमा भूमिका खेल्ने अनुमान गरिएको छ ।
पानीमुनि केन्द्रको सेवा प्रदायक र विकासकर्ता, हाइकलाउड टेकको हाइनान शाखाका उपमहाप्रबन्धकले हाइकलाउड टेक्नोलोजी हेनान शाखाका उपमहाप्रबन्धक वाङ शिहुआले यस्तो केन्द्रले उर्जा बचतमा सहयोग पुग्नेछ ।
‘चीनभरि परम्परागत जमिनमा आधारित कम्प्युटिङ केन्द्रहरूको औसत पावर उपयोग प्रभावकारिता लगभग १.४८ छ। हेनान अन्डरसी कम्प्युटिङ सेन्टरको १.१२ र १.१५ को बीचमा छ। जमिनमा र समुन्द्रमा आधारित कम्प्युटिङ केन्द्रहरू दुवैमा एक मेगावाट पावर वितरण छ भने, समुन्द्रमा रहेका सुविधाहरूले लगभग ३० प्रतिशत देखि ४० प्रतिशत बिजुली बचत गर्न सक्छन्,’ उपमहाप्रबन्धकले भनेका छन् ।
विगत तीन वर्षमा, चीनले वर्षको अन्त्यसम्ममा आफ्नो कुल कम्प्युटिङ पावर ३०० मा बढाउने लक्ष्यका साथ देशभरका विभिन्न स्थानहरूमा कम्तिमा १० राष्ट्रिय डाटा सेन्टर क्लस्टरहरू विकास गरिरहेको छ।
चीनमा पानीमुनि कम्प्युटिङ केन्द्र







