६ पुष २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार सुदूरपश्चिम

मध्यपश्चिम विश्वविद्यालयमा नेविसंघका खड्काको प्यानल विजयी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का विवेक खड्का नेतृत्वमा प्यानल विजयी भएको छ ।

मंगलबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार  नेविसंघका खड्काले नेकपा एमालेको विद्यार्थी संगठन  अनेरास्ववियुका जगतजंग शाहीलाई  २ सय ८० मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् ।

खड्काले १ हजार १ सय ८७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शाहीले ९ सय ७ मत पाए। अन्य प्रत्याशी प्रकाश विकले २७५ र मिलन बिसीले २३१ मत प्राप्त गरे ।

कुल ४ हजार ३ सय ८३ मतदाता रहेको मध्यपश्चिम विश्वविद्यालयका २ हजार ८ सय ६४ जनाले मतदान गरेका थिए । सचिवमा नेविसंघकै भूपेन्द्र आचार्य र कोषाध्यक्षमा लोकप्रसाद रिजाल निर्वाचित भएका छन् ।

सदस्यतर्फ पनि नेविसंघकै विकासकुमार थापा, निशान्त शाही, शिव ढकाल, गणेश थापा, प्रतिक्षा थापा, विष्णुराज सिंह, प्रकाश सिंह विजयी भएका छन् ।

मध्यपश्चिम विश्वविद्यालय स्थापनापछि भएको पहिलो स्ववियु निर्वाचनमा पनि नेविसंघकै झक्क शाही विजयी भएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि