२७ आश्विन २०८२, सोमबार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशनमा मतदान सम्पन्न

लुम्बिनी मर्चवार, १७ चैत । नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशनअन्तर्गत अध्यक्ष, सहअध्यक्ष र महासचिव पदका लागि आज मतदान सम्पन्न भएको छ ।

मतदान प्रक्रिया बिहान १० बजे सुरु भई १२ बजे सम्पन्न भएको हो । निर्वाचन समितिले केहीबेरमा मतगणना सुरू गर्ने तयारी गरेको जनाएको छ ।

नेतृत्व चयनका लागि देशभरबाट लुम्बिनी पुगेका १८२ प्रतिनिधिमध्ये १७६ जनाले मतदान गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङका अनुसार अध्यक्ष पदका लागि डा रत्नमणि नेपाल र वियोगी बुढाथोकी प्रतिस्पर्धामा छन् । सहअध्यक्षमा डा शैलेन्दुप्रकाश नेपाल, मनोज न्यौपाने र सन्ध्या पहाणीबीच प्रतिस्पर्धा हुँदैछ । महासचिव पदमा प्रकाश बिमिल र सोझो गाउँलेबीच प्रतिष्पर्धा हुँदैछ ।

यसअघि महासचिव पदमा उम्मेदवारी दिएका नवीनचन्द्र घिमिरेले उम्मेदवारी फिर्ता लिएका छन् भने उपमहासचिव पदका उम्मेदवार सरस्वती तिमिल्सेनाले उम्मेदवारी आज बिहान फिर्ता लिएपछि नारायण सापकोटा उपमहासचिव पदमा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार अधिवेशनमा कुल ३९ पदका लागि ४६ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये छ जना उपाध्यक्ष, एक जना कोषाध्यक्ष, चार जना सचिव र २४ जना सदस्य पदमा एकल उम्मेदवारी दर्ता भएकाले उहाँहरू स्वतः निर्विरोध निर्वाचित भएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि