Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/u762851829/domains/ratokagaj.com/public_html/wp-includes/functions.php on line 6121
दुई प्रहरी जवानलाई निलम्बन गर्न सिडियो आदेश ! – Rato Kagaj Online – Nepal's Breaking News in Nepali
Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

दुई प्रहरी जवानलाई निलम्बन गर्न सिडियो आदेश !

News and Updates
6 महिना अघि

रौतहट । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक/एक जवानलाई निलम्बन गर्ने आदेश दिएका छन् ।

सीमावर्ती नाकामा भइरहेको अवैध तस्करीबारे अनुगमन गर्न प्रजिअ(सिडियो) अधिकारी अचानक मटिअर्वा नाकामा पुगेका हुन् ।

अनुगमनका क्रममा मोटरसाइकलमा तस्करी भइरहँदा समेत प्रहरीका जवानले नियन्त्रण नगरेको उनको आरोप छ । घटना स्थालबाट फोन गर्दै प्रजिअ अधिकारीले निलम्बन गर्ने दिएको आदेशको भिडियो सार्वजनिक भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीहरूको भूमिकाबारे थप अनुसन्धान गर्ने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया