१४ कार्तिक २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

आईपीएलमा राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगिताको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले आठ विकेटको शानदार जित निकालेको छ । पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोरुसँग सात विकेटले पराजित भएको कोलकाताले राजस्थानविरुद्ध जित निकालेको हो ।

जितमा ओपनर क्विन्टन डि कक नायक भए । गुमाइसकेको खेललाई नटआउट शानदार व्याटिङ गर्दै राजस्थानविरुद्ध डि ककले ८ विकेटको जित निकालेका हुन् । ६१ बलको सामना गरेका डि ककले ६ छक्का र आठ चौकाको मद्दतमा ९७ रन बनाए । उनी शतक बनाउन मात्र तीन रनले चुके ।

यो जितसँगै कोलकाताले दुई खेलमा दुई अंक जोडेको छ भने राजस्थान दुई खेलमा अंकबिहीन छ । राजस्थान पहिलो खेलमा नराइजर्स हैदरावादसँग ४४ रनले पराजित भएको थियो ।

टस जितेर सुरुमा फिल्ड रोजेको कोलकाताले १५२ रनको सामान्य लक्ष्य पाएको थियो । सामान्य लक्ष्य कोलकाताले १५ बल बाँकी हुँदा मात्र दुई विकेटको क्षतिमा १५३ रन बनाउँदै भेट्टाएको हो ।

कोलकाताले ओपनर मोइन अलीलाई पाँच रनमै गुमाएको थियो । कप्तान आजिक्य रहाने पनि १८ रनमै समेटिए। उसका लागि डि कक र अंगकृष रघुवंशीले तेस्रो विकेटका लागि ८३ रनको विशाल साझेदारी गरेका थिए । यो साझेदारी नै कलकताको पुनरागमन जित निकालेको हो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected