१९ फाल्गुन २०८२, मंगलवार
कोशी मुख्‍य समाचार समाचार समाज

प्रतिबन्धित लागुऔषधसहित पाँचजना पक्राउ

बिराटनगर । झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत ११ गते मेची बिट र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–५ स्थितमा चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउन सुगरसहित मे.६ प ९९७७ नम्बरको मोटरसाइकल चालक माई नगरपालिका–५ इलामका ३३ बर्षीय भुपेन्द्र लावती र मोटरसाइकल पछाडि सवार बिर्तामोड–५ का २३ बर्षीय राजिब चौधरीलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर–१७ बाट को. २९ प ६४२७ नम्बरको मोटरसाइकल चालक बेलबारी–११ का २९ बर्षीय आशिष राई र मोटरसाइकल पछाडि सवार २९ बर्षीय आशिष तामाङलाई ६ ग्राम १२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने सुनसरी धरानका २४ बर्षीय अफ्रोज सिद्धिकीलाई ट्रामाडोल १२० क्याप्सुल र १२० ट्याब्लेटसहित इलाका प्रहरी कार्यालय धरान सुनसरीले पक्राउ गरेको हो ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि