९ पुष २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशभर आंशिक बदली देखि मौसम सफा रहेको छ ।

आज दिउँसो भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने भने कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

यसको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती भने देशभर आंशिक बदलीदेखि मौसम सफा रहनेछ । कोशी प्रदेशको पहाडी भू–भागको केही स्थानमा मेघगर्जन हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि