मनिषाबस्नेत÷नेपालन्यूज बैंक
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र ३ गते बसेको प्रतिनिधिसभा बैठकमा यौन व्यवसाय खुला री पर्यटन प्रवद्र्धन गर्नुपर्ने भनीएक सनसनी पूर्ण अभिव्यक्ति दिए ।
उनले यस अघि प्रमुख सचेतक नहुँदै पनि यस्तै धारणा राखेर विवादित पनि भइसकेका थिए ।
उनले भनेकाथिए,‘धार्मिक पर्यटकले पैसा खर्च गर्दैनन् । पैसा खर्च गर्ने भनेको मनोरञ्जन क्षेत्रमा आउने पर्यटकले नै हो, यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । यसले मुलुकको आर्थिक संमृद्धिका लागि योगदान पुग्छ ।’
घिमिरेले दिएका अभिव्यक्तिमा महिला नेतृहरूले आपत्ति जनाउदै कारबाहीको माग समेत गरे ।
यसै क्रममा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले घिमिरेको अभिव्यक्तिले समाजलाई अराजकता तिर पुर्याउने भन्दै उक्त भनाइलाई रेकर्ड बाटह टाउनका लागि रुलिङको माग नै गरिन् ।
उनले भनिन्,‘हिजो सत्तापक्षका माननीयज्यूले यौैन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षण गरी अर्थपार्जन गरौं भन्ने कुरा दोस्रो पटक यस संसदमा उठाउनु आपत्तिजनक कुरा हो । यस्तो चिन्तनको घोर भत्र्सना गर्दछु । यस्तो विचारले अनुशासित र मर्यादित रुपमा रहेको समाजलाई अराजकता तिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्ड बाट हटाउनको लागि रुलिङको माग गर्दछु ।’
यता, घिमिरे आफ्नो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि उनलाई पार्टी नेतृत्वले स्पष्टीकरण नै सोध्न बाध्य भयो । हुनत, देशको विकासका लागि कानुनी व्यवस्था गरेर यौन व्यवसायखुला गर्नुपर्नेआवाज यस अघि पनिउठ्दै आइरहेको छ ।
प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीले ३१ भदौको संघीय संसद्मा भनिन्, गण्डकी प्रदेशको मुख्य मन्त्री रहँदा पृथ्वी सुब्बा गुरुङले ‘रेडलाइट एरिया खोल्नु पर्छ’भनेर सार्वजनिक अभिव्यक्ति दिएक ाथिए । सोही अभिव्यक्तिलाई लिएर तत्कालित प्रतिनिधि सभाकी सांसद चन्दा चौधरी गुरुङको राजीनामा नै माग गरेकी थिइन् ।
तर गुरुङले यौन धन्दाको व्यवस्थापन गर्न चार वटा उपाय सुझाउँदै भनेका थिए–यौन धन्दालाई पूर्ण रूपमा बन्देज गर्ने, अपराधीकरण गर्ने, नियमन गर्ने र रेडलाइट एरिया तोक्ने।’ यिनै उपाय बाट विश्वमा यौन धन्दा नियन्त्रणको अभ्यास भएको उनको दाबी थियो ।
यस अघितत्कालीन कानुन मन्त्री समेत रहेका शेरबहादुर तामाङले संसद्मा ‘बंगला देशमा पढ्न गएका नेपालीछात्राहरूले यौन व्यवसाय गरेको’ भन्नेबारे अभिव्यक्ति दिँदा मन्त्री पद नै गुमाएका थिए । तर कानुनको अभावमा यौन धन्दा व्यवस्थित नभएको र पूर्ण नियन्त्रणमा समेत आउन सकेको छैन् ।
यद्यपी, यौन पेशालाई लिएर विभिन्न कोण बाट वहस भइरहेको छ । कतिपयले यस्तो पेशालाई नियन्त्रण र बन्देज गर्नुपर्ने आवाज उठाएका छन् भने कतिपयले यौन श्रमिकहरुको विषयलाई मानव अधिकारको दृष्टिकोणमा आवाज उठाइ रहेका छन् ।
यौन पेशामा संलग्न यौनिक तथा लैङ्गिक अल्पसंख्य समूदायका व्यक्तिहरुको अधिकारका लागि क्रियाशील अधिकारकर्मीहरुले संविधानको धारा १८, धारा ३४ र धारा ४२ मा भएको प्रावधानहरुलाई लिएर सेक्स वर्करहरुलाई पनि सुरक्षित, स्थिर र सम्मानपूर्ण बाँच्न पाउने अधिकार हुनुपर्ने पक्षमा आवाज उठाइरहेका छन् ।
यौन श्रमिकहरुको न्यायको लागिकाम गर्ने संस्थामायाको संसारकी संस्थापक सुनिता लामाले नेपालमा यौन श्रमिकहरुको अवस्था दयनीय रहेकाले उनीहरुले पनिआफ्नो योग्यता अनुसार बाँच्न पाउनुपर्ने बताइन् ।
उनले यौनश्रम र श्रमिकलाई राज्यले अपराधीकरण गरेको रत्यसलाई निरअपराधीकरण गर्नुपर्ने बताइन् । यौन व्यवसायलाई व्यवस्थित गर्नुपर्ने सांसदहरुको आवाजलाई सम्मान गनु पर्ने उनको धारणा छ ।
नेपाल सरकारको तथ्याङमा यौन श्रमिक महिलाहरु ८६ हजार छ ।यौनश्रम हो, व्यवसाय होइन् । नेपालमा यौन श्रमिकहरुको अवस्थादयनीय छ । माननीयज्यूहरुले उठाएको कुरा गलत भन्न मिल्दैन । कुरा सहिहो ।नेपालको कानूनले यसलाई अपराधीकरण गरिरहेको छ । यसलाई निर अपराधीकरण गर्नुपर्छ । स्वइच्छाले काम गर्ने नीति बनाउन ुपर्छ । यौन श्रमिकको रुपमाकाम गरि रहँदा शोषणमा पनि परेका हुन्छन् । यहाँ जति सजिलो देखिन्छ त्यति सजिलो छैन । यसलाई व्यवस्थापन गर्न पोलिसी बन्नुपर्छ,’उनले भनिन् ।
उनले यौन पेशा रहरले नभइबाध्यात्मक परिस्थितिले अवलम्वन गरेकोभन्दै यौन श्रमिकहरुको हकका लागि वैधानिक भन्दा पनि नीति बनाउन ुपर्ने बताइन् ।
यस्तै, यौनिकतथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका पक्षमा वकालत गर्दै आएका अधिवक्ता सुजन पन्तले यौन श्रमिकको अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा राजनीतिकीकरण गरिनु दुर्भाग्यपूर्ण भएको बताए ।
‘यहाँ एउटा वर्ग छ, जो चाहीं पिडामा छ । जसको अधिकार चाहीं राज्यले सुनिश्चित गर्नुपर्ने अवस्थामा यसलाई राजनीतिक गरेर खाने विषय बनाउनु अत्यन्तै दुर्भाग्यपूर्ण छ,’उनले भने ।
‘राष्ट्रिय एड्स तथायौन रोग नियन्त्रण केन्द्र मार्फत नेपाल सरकारले तथ्याङ निकाल्छ । जसअनुसार करीब एक लाख यौन श्रमिक रहेका छन् । उनीहरु समस्या विकराल छ यसलाई व्यवस्थापन गनु पर्ने समयमा संसदमा उठ्यो । अवपोजिटिभ आउला भनेको दबाइयो ।’ उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले यौन पेशालाई मर्यादित काम भनेर परिभाषित गरको पनि बताए ।
यता, प्रहरीले यौन धन्दामा संलग्नलाई पक्राउ गरेर प्रायःमानव बेचबिखन विरुद्धको अपराध अन्तर्गत मुद्दाचलाउने गरेकाले मानव अधिकार हनन् भएको अधिकारकर्मीहरुको भनाइ छ । मुलुकी संहितामा पनि स्पष्ट व्यवस्था र परिभाषा नभएकाले अपराध अन्तर्गत मुद्दाचलाइने गरेको छ । यौन धन्दाका विषयमा स्पष्ट कानून अभाव छ ।
कानुन व्यवसायी पन्तले नेपालमा यौन व्यवसायबारे कानुनी मौनता रहेको, यौन व्यवसाय वैध छ कि अवैध छ भन्ने बारे आ–आफ्नै धारणा रहेको बताए । कानूनमा स्पष्टता नहुँदा नेपालमा यौन व्यवसाय बैधानिकहो कि भनेर अनुमान पनि लगाउन सकिने उनको जिकिर छ ।







