३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

बृहत् पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष यादव भैरहवामा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ ।

शनिबार ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ अन्तर्गत रुपन्देहीको भैरहवास्थित बुद्धचोकमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जिल्ला कार्य समिति रुपन्देहीको आयोजना रहेको वृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टीका महासचिव एवं लुम्बिनी प्रदेश समितिका इन्चार्ज रामकुमार शर्मा विशेष वक्ता रहने छन् ।

लुम्बिनी प्रदेश जसपा नेपालको मधेस प्रदेशपश्चात दोस्रो राम्रो जनाधार भएको प्रदेश मानिन्छ । कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि