२ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार समाज

काभ्रेमा दुई प्रहरी चौकी निर्माणार्थ जग्गा प्रदान

काभ्रेपलाञ्चोक, ८ चैत । मन्त्रिरिषद्को निर्णयअनुसार नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा प्रहरी चौकी निर्माणार्थ बिहीबार जग्गा हस्तान्तरण गरिएको छ ।

सरकारको नाममा कायम रहेको भोगचलनका ती दुई स्थानीय तहमा चौकी निर्माणार्थ दीर्घकालीन रूपमा जग्गाको प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार कार्यक्रम आयोजना गरी नमोबुद्धको मेथिनकोट र तेमालको पोखरी नारायणस्थानमा प्रहरी चौकी निर्माणका लागि छ–छ रोपनी जमिनको प्रमाणपत्र जिल्ला प्रहरी कार्यालयलाई दिइएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्कालाई उक्त प्रमाणपत्र हस्तान्तरण गरे । यही चैत ४ गते सरकारको निर्णयले दुई स्थानीय तहमा जग्गा उपलब्ध गराउने निर्णय भएको थियो ।

नमोबुद्ध नगरको भकुण्डेमा चौकी भवन निर्माणका लागि साविक मेथिनकोट–६ मा रहेको कित्ता नं ८५ को छ रोपनी तथा साविक पोखरीनारायणस्थान–३ तेमालका लागि ४६३ नम्बरको छ रोपनी जमिन दिने निर्णय गरिएको थियो ।

नमोबुद्ध–४ का वडाध्यक्ष अर्जुन कार्कीले बिपी राजमार्गमा सवारी आवागमनको चाप बढ्दै गएको तथा नगरको सहरी क्षेत्रमा बसोबास गर्नेको सङ्ख्या बढेको अवस्थामा सुरक्षामा थप व्यवस्थित हुने उद्देश्यले आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि प्रहरीलाई जग्गा उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि